कानुन मन्त्री जिसीद्धारा प्रदेश प्रहरी कार्यालयको अनुगमन

सुर्खेत २० माघ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी जितेन्द्रले कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरिक्षण गरेका छन् ।
शुक्रबार मन्त्री जिसीले प्रदेश प्रहरीका काम कार्बाही र अवस्थाका बारेमा जानकारि लिएका छन् । अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरीका लागि आवश्यक पर्ने भौतिक संरचना, संगठन संरचना र प्रविधि तथा आवश्यक जनशक्तिका बारेमा चासो लिदै प्रदेश सरकारले प्रहरी संग हातेमालो गर्दैै अघि बढ्ने बताए ।
अहिले प्रहरी संरचना संघ सरकारको माताहतमा रहेकोले प्रदेश सरकारले खासै वास्ता नगरेको जस्तो देखिए्रको भन्दै मन्त्रि जिसीले प्रदेशका लागि नै प्रहरीले काम गरिरहेको र पछि प्रदेश सरकारककै एक हिस्सा हुने भएकाले प्रहरीलाई हरेक हिसाबले सशक्त पार्नुपर्नेमा जोड दिए । उनले प्रहरीको लािग आवश्यक पूर्वाधार र प्रविधिका लागि बजेटको व्यवस्था गर्न पहल गर्ने बताए ।

बजेटको अपुग्ताका बिचबाट पनि प्र्रहरीले राम्रो काम गरिरहेको भन्दै आवश्यक संरचना निर्माण गर्न, ट्राफिक लगायत विपदका सामाग्रीका लागि आवश्यक बजेटको पहल गर्ने उनको भनाई छ । साथै विपद र अपराध अनुसन्धानमा प्रहरी नै अग्र भागमा काम गर्ने भएकाले प्रहरीको समन्वयमा प्रदेशमा कम्तिमा दुई वटा कार्यान्वयन इकाई आवश्यक्ता देखिएकाे उनको भनाई छ ।
मन्त्री जिसीले हाल लुुम्बनी प्रदेशको नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी तालीम केन्द्र, कर्णाली प्रदेश संघिय प्रहरी इकाई कार्यालय र कर्णाली प्रदेश विशेष प्रहरी सुरक्षा गण कर्णाली प्रदेशमा स्थानान्तर गर्नका लागि आवश्यक ठा्ँउको खोजी गरी काम अघि बढाउन पहल गरिने पनि बताए ।
कर्णाली प्रदेश प्रमुख भिम बहादुर ढकालले मन्त्री जिसीलाई प्रदेश प्रहरीले गरिरहेका काम कार्बाही र अवस्थाजन्य रिपोर्ट अवगत गराएका थिए । प्रदेश प्रहरीको अभिभावक भनेकै प्रदेश सरकार भएकाले प्रदेश सरकारले प्रहरीलाई शसक्त बनाउन पहल गर्नेमा आशावादी रहेको बताए । कर्णालीमा प्रदेश सरकारको समन्वयमा विशेष सुरक्षा योजना बनाउन लागिएको भन्दै कर्णालीमा सुरक्षा अवश्थालाई अब्बल बनाउनेमा विश्वस्त रहेको बताए ।





