२०८३ आश्विन १७ गते
×

Now Playing

सल्यानको एउटा प्राथमिक स्वास्थ्यकेन्द्र ५ वर्षदेखि डाक्टरविहीन

सल्यान,२० माघ ।

सल्यानको एउटा प्राथमिक स्वास्थ्य केन्द्र ५ वर्षदेखि डाक्टरविहीन बनेको छ। दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएपछि जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र झण्डै ५ वर्षदेखि डाक्टरविहीन बनेको हो। डा. हेमराज शर्मा अध्ययन विदा सक्नासाथ बढुवा भएर गएपछि झण्डै ५ वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो।

प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ। तर दरबन्दी र करार गरेर अहिले ७ जनामात्रै कार्यरत छन्। एमबिबिएस डाक्टर एकजनाको दरबन्दी छ केन्द्रमा। अहिले अहेव २ जना, करारसहित अनमी ३ जना र २ जना कार्यालय सहयोगी गरेर ७ जनामात्र कार्यरत रहेका छन्। यहाँ डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब असिस्टेन्ट लगायतका दरबन्दी रिक्त छन्।

दरबन्दीअनुसारको जनशक्ति नहुँदा स्थानीयहरू विशेषज्ञ सेवाबाट वञ्चित भएका छन्। स्वास्थ्य केन्द्रमा एक्स–रे लगायत मेसिन उपकरणहरू छन् तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले जानकारी दिए।

उनले डाक्टरलगायतका अन्य जनशक्ति नहुँदा इमर्जेन्सी सेवा प्रदान गर्न पनि नसकिएको बताए। ‘हामीले सामान्य खालका रोगहरुको उपचार गर्ने हो तर जनशक्ति नहुँदा स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। हामीले सक्ने उपचार सेवा दिँदै आएका छौं‚’ उनले भने।

प्राथमिक स्वास्थ्य केन्द्र ५ वर्षयता अहेब र अनमीकै भरमा चलेको छ। छत्रेश्वरी गाउँपालिकाको एकमात्र तीन शय्याको स्वास्थ्य केन्द्रमा पनि वर्षौंसम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ।

नागरिकले गाउँमै उपचार नपाउँदा खर्च बढनुका साथै सास्तीसमेत भोग्दै आइरहेको स्थानीय शिवप्रसाद केसीले बताए। चिकित्सक पठाइदिन पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको उनको गुनासो छ । उनले दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको बताए। बालबालिकाको सुरक्षा र संरक्षण साझा दायित्व भएकाले यसतर्फ सबै गम्भीर बन्नुपर्ने एसएसपी श्रेष्ठले बताए।

सल्यानको एउटा प्राथमिक स्वास्थ्यकेन्द्र ५ वर्षदेखि डाक्टरविहीन

मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि बन्दको

सल्यानको एउटा प्राथमिक स्वास्थ्यकेन्द्र ५ वर्षदेखि डाक्टरविहीन

YUGAAWHAN NATIONAL DAILY (2079-10-20)

Leave a comment

Your email address will not be published. Required fields are marked *