जापानमा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं, १९ पाैष ।

जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटवालको मृत्यु भएको हो। घटना अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो। उनी आफ्नै कोठामा मृत फेला परेका थिए।

कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा) मा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन्। ‘हामी नयाँ वर्ष मनाउन बाहिर गएका थियौं। बिहान कोठामा फर्कंदा ओफुरोमा अनिश नुहाउन लागेजस्तो देखियो तर हलचल नगरेपछि अचेत पायौं। प्रहरी र एम्बुलेन्स बोलायौं,’ अनिशका एक साथीले भने, ‘उनको निधन भइसकेको रहेछ।’

उनको शव अस्पतालमा राखिएको छ। घटनाबारे अनिशका परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको छ। २७ वर्षका अनिश टोकियोस्थित इकेबुकुरोमा बस्दै आएका थिए भने उनले ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए। उनको मृत्युको कारण खुलिसकेको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ।

सेताेपाटी 

जापानमा नेपाली विद्यार्थीको मृत्यु

खुकुरी प्रहार गर्ने ३ विद्यार्थीलाई निकाल्यो आरआर

जापानमा नेपाली विद्यार्थीको मृत्यु

कीर्तिपुर अस्पतालबाट हामफालेर युवक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!