सुर्खेतमा किन बनाइयो स्वरूपै नमिलेका बाघका मूर्ति?

सुर्खेत,१९ पाैष ।

अहिले सामाजिक सञ्जालमा पाटेबाघका मूर्ति भाइरल भइरहेका छन्। सुर्खेत सहिद पार्कमा बनाइएका ती मूर्तिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्ति जोडेर राखिएको छ। तीमध्ये एउटा पुरानो हो भने अर्को नयाँ हो। भैरव सामुदायिक वन क्षेत्रमा रहेको सुर्खेतको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको मूर्ति बनाएको थियो। केही समय पहिले बनाएको एउटा मूर्ति टुक्रिन थालेपछि समितिले अर्को मूर्ति बनाएको हो।

पार्क सञ्चालनको जिम्मा भैरव सामुदायिक वनले लिएको छ। भैरव सामुदायिक वनका अध्यक्ष तथा वीरेन्द्रनगर–४ का वडा सदस्य अम्मरबहादुर कार्कीका अनुसार अहिले भाइरल बनेको मूर्ति बनाउन ५० हजार रुपैयाँ खर्च भएको थियो।

‘पहिले बनाइएको मूर्ति ढुंगाका पिस जोडेर बनाइएको रहेछ, त्यो गुणस्तरीय नभएपछि हामीले ४५ हजार लागत अनुमान गरेकोमा बनाउने मान्छेलाई २८ हजार मात्र भुक्तानी गरेका थियौं,’ अध्यक्ष कार्कीले भने, ‘पछि बनाइएको उक्त मूर्तिको खर्च ५० हजार हो, हामीले कालीगढलाई भुक्तानी त्यही गरेका हौं।’

सहिद पार्कको गेटमा राखिएको कन्याको मूर्ति र पछिल्लो पटक बनाइएको पाटेबाघको मूर्तिको गरी कूल एक लाख पाँच हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले बताए। हामीले एकैपटक यी दुइटा मूर्ति बनाएका थियौं, यसको जम्मा खर्च १ लाख ५ हजार मात्र छ,’ उनले भने, ‘अहिले त्यो मूर्तिलाई बेकारमा भाइरल बनाइएको छ।’

उनका अनुसार उक्त पाटेबाघको मूर्ति काँक्रेविहार क्षेत्रमा राखिएको शिवको मूर्ति बनाउन आएका चितवनका कालीगढले बनाएका हुन्। अहिले बनाइएका दुबै मूर्ति एउटै ढुंगाबाट बनेको उनले बताए। सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा मूर्ति समितिले बनाएको अध्यक्ष कार्कीले बताए। पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिइन्छ।

सेताेपाटी 

सुर्खेतमा किन बनाइयो स्वरूपै नमिलेका बाघका मूर्ति?

दैलेखमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतमा किन बनाइयो स्वरूपै नमिलेका बाघका मूर्ति?

खुकुरी प्रहार गर्ने ३ विद्यार्थीलाई निकाल्यो आरआर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!