डोकाबाट मनग्य आम्दानी


दुल्लु नगरपालिका–८ चग्रत्राका किसन बहादुर सार्कीले पचिल्लो समयमा डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । तीन वर्ष यता देखि नै डोका बुन्न शुरु गरेका उनलाई पछिल्लो समयमा घरपरिवार चलाउन निकै सहज भएपछि उनी आकर्षित भएका हुन् ।

उनी दिनमा अहिले दुई वटासम्म डोका बुन्छन् । उनले गाउँमा आफूले बुनेका डोका एउटा डोकाको तीन सय देखि ६ सय सम्म बिक्री हुने गरेको उनले बताए । आफूले बुनेका डोका गाँउ घरमा बिक्री गर्दै आएका किसनले पछिल्लो समय डोका बिक्रीबाट मासिक १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने उनको भनाइ छ ।

दुल्लु नगरपालिका–८ चग्रत्राका ४२ वर्षीय किसनले लगडाउनको समय कोभिड–१९ देखि सिप सिकेपछि डोका बुनेर बिक्री गर्दै आएको उनले  बताए ।

उनले भने, ‘जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोको बेचेर राम्रो कमाइ गरेको छु । डोको मात्र तीन सयदेखि ६ सयसम्म बिक्री गर्ने गरेको छु । गाउँघरमा यसको माग पछिल्लो समयमा निकै बढेको छ ।’

डोका बिक्रीबाट आम्दानीको पैसाले घरपरिवारको पालनपोषण, शिक्षा दिक्षा र औषधी उपचार गर्दै आएको उनको भनाइ छ ।

बिहान उठेदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने किसनका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए ।

डोकाबाट मनग्य आम्दानी

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले नै उठाए नेपालको

डोकाबाट मनग्य आम्दानी

चिसोले भूकम्पपीडित बालकको मृत्यु