रुपकको उपचारको लागि आयरल्यान्डबाट एक लाख ६८ हजार रुपैयाँ प्राप्त


दुर्लभ रोग जीबीएस बाट पिडित सल्यानका एक बालकको उपचारको लागि एक लाख ६८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौर निवासी ११ बर्षिय बालक रुपक थापालाइ सहयोग प्राप्त भएको हो ।

बागचौर १० घर भै हाल आयरल्यान्डमा बस्दै आएका खुमानन्द केसीको नेतृत्वमा त्यहाँ बस्ने नेपालिहरुले संकलन गरेको उक्त रकम बिहिवार हस्तान्तरण गरिएको हो ।

रोगबाट पिडित बालकका बुवा एकराज थापालाइ सहयोग रकम दांगको घोराहिमा एक कार्यक्रमका विच नेकपा एमाले केन्द्रिय सदस्य संविधान सभा सदस्य तथा उत्पीडित जातीय मुक्ति समाजका इन्चार्ज भागवत बिश्वासी लगायतले हस्तान्तरण गरेका थिए ।

संसारका विरलै मानिसलाइ लाग्ने जीबीएस रोगबाट पिडित भै जीवन मरणको संघर्षमा रहेका रुपकलाइ नियमित उपचार गर्नुपर्ने र उपचार पद्धति पनि महंगो भएकाले परिवारले सहयोगको याचना गरेको छ ।

रुपकको उपचारको लागि आयरल्यान्डबाट एक लाख ६८ हजार रुपैयाँ प्राप्त

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

रुपकको उपचारको लागि आयरल्यान्डबाट एक लाख ६८ हजार रुपैयाँ प्राप्त

बालविवाह विरुद्धको संजाललाई अभिमुखीकरण