रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुम पश्चिम,१८ माघ  ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसीकोट ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाको बगरमा मंगलवार राति ट्याक्टर दुर्घटनामा परेर सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका हुन् ।

ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेले जानकारी दिए । दुर्घटनामा घाइते बिकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते भएका हुन् । उनको अवस्था गम्भीर रहेको र थप उपचारको लागी नेपालगञ्ज पठाइएको छ । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *