आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं,१८  माघ ।

आज देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले प्रदेश एकसहित देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ।

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। यी तीन प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यो क्रम राति पनि जारी रहनेछ ।

देशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातका साथै तराईका केही स्थानहरूमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

सन्दीपलाई थुनामै राख्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *