२०८३ आश्विन १७ गते
×

Now Playing

विपद् व्यवस्थापन जनशक्ति तयार गर्दै रेडक्रस

माघ १८, सुर्खेत ।

नेपाल रेडक्रस सोसाइटी सुर्खेतले उत्थानशील नगरका लागि सामुहिक पहल कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरमा विपद् व्यवस्थापन तथा उद्दारका लागि तालिम प्राप्त जनशक्ति तयार गरिरहेको छ । रेडक्रसले विभिन्न संघ संस्थाको सहयोगमा वीरेन्द्रनगरका १६ वटै वडाका स्वयसेवकलाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पहिलो चरणको ३ दिने आपतकालीन आवास व्यवस्थापन प्रशिक्षण तालिम मंगलबार सम्पन्न गरेको हो ।

तालिम समापन कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालन गरिएको अस्थायी आवास निर्माण तालिमले स्वयंसेवकको क्षमता विकास भई भविष्यमा हुनसक्ने विपद्को सामना गर्न दक्ष जनशक्ति उत्पादन भएको बताए ।

उनले तालिम प्राप्त जनशक्तिले आवश्यकता परेको बेला परिचालन हुने र अरुलाई समेत सीप सिकाउन सक्ने क्षमता भएकाले रेडक्रसका लागि खम्बा भएको जिकिर गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले विपद् व्यवस्थापन तथा उद्दारमा तालिम प्राप्त जनशक्तिको विशेष महत्व रहने भएकाले आगामी दिनहरुमा थप माथिल्लो स्तरका तालिमका लागि प्रयास गरिने जनाए ।

उनले स्थानीय परिवेश अनुसार प्रभावितहरुको सहभागितामा तालिम प्राप्त स्वयंसेवकले घर निर्माण गर्नुका साथै सिपलाई तथा क्षमता विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । तालिममा आपतकालीन आवास निर्माणको आधारभूत आवश्यकता, निर्माण गर्ने विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो । तालिममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका २४ जना स्वयंसेवकलाई ३ दिनसम्म प्रशिक्षण दिईएको थियो ।

विपद् व्यवस्थापन जनशक्ति तयार गर्दै रेडक्रस

भालुको पित्त सहित एक जना पक्राउ

विपद् व्यवस्थापन जनशक्ति तयार गर्दै रेडक्रस

हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू

Leave a comment

Your email address will not be published. Required fields are marked *