सरस्वती आधारभुत विद्यालयको चार कोठे भवनको शिलान्यास

दिलिप ढकाल

सुर्खेत,१७ पाैष ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनामा संचालित श्री सरस्वती आधारभुत विद्यालयको नया भवनको गुर्भाकोट न्नागरपालिका नगर प्रमुख हस्त पुनले शिलान्यास गरेका छन ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा संचालित उक्त बिद्यालयको हाल पठनपाठन भईरहेको भवन छिन्चु जाजरकोट सडक खण्ड बिस्तार गर्ने क्रममा १५ मिटर दाया र १५ मिटर बाया तर्फ फराकिलो बनाउदा बिद्यालयको भवन भएको जग्गा सबै बाटोमा पर्ने भएकाले नगरपालिका द्वारा नया ठाउमा खरिद गरिएको साढे सात रोपनी जग्गामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन बन्न लागेको हो।

नगरपालिका बाट रु ६३ लाख बजेट विनीयोजन गरि गुर्भाकोट नगरपालिका ८ मेहेलकुना बिच टोल तथा सिमाना टोल मध्य स्थानमा जग्गा खरिद गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष किरण बिक ले जानकारी दिए । सडक बिस्तार भईरहेको र बिद्यालय भवन सकेसम्म छिट्टो निर्माण गरि सक्नु पर्ने भएकाले बिद्यालय भवन निर्माण बिद्यालय ब्यबस्थापन समिति आफैले लिएको समते अध्यक्ष बिकले जानकारी दिए ।

सरस्वती आधारभुत विद्यालयको चार कोठे  भवनको शिलान्यास

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

सरस्वती आधारभुत विद्यालयको चार कोठे  भवनको शिलान्यास

१२ वर्षपछि घण्टाघरको घडी चल्ने आशा

Leave a comment

Your email address will not be published. Required fields are marked *