हेलिकोप्टर चढेर एमाले अध्यक्ष ओली कर्णालीमा

सुर्खेत, १७ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली आएका छन् । दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिंजा उपत्यकामा आयोजना गरिएका पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपालगन्ज हुँदै सिम्रिक एयरको हेलिकोप्टरबाट कर्णाली आएका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिम्रिक एयरकाे हेलिकाेप्टर चढेर कर्णाली आएका छन् । दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिञ्जा उपत्यकामा आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन गर्न ओली कर्णालीमा आएका हुन ।

बिहीबार दैलेखको दुल्लुमा सामान्य भेटघाट कार्यक्रम रहेको छ भने दुल्लुमा केही समय बसेर ओली जुम्लाको सिञ्जातर्फ लाग्ने बताइएको छ । सिञ्जामा नेकपा विप्लव समूहका नेता राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश ‘ख’ का उपसभापति दानसिंह खत्री लगायतका सयौँ नेता कार्यकर्तालाई एमाले भित्र्याउने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

त्यस्तै, कालिकोटमा हुने कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यसहित चार सय भन्दा बढी नेता कार्यकर्तालाई एमालेमा प्रवेश गर्नेले ओलीले स्वागत गर्ने समेत कार्यक्रम रहेको अध्यक्ष शाहले बताए ।

सिंजामा नेकपा विप्लव समुहका नेता राज्य समिति सदस्य राम प्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश ‘ख’ का उपसभापति दानसिंह खत्री लगायतका सयौं नेता कार्यकर्तालाई एमाले भित्र्याउने कार्यक्रम छ ।

हेलिकोप्टर चढेर एमाले अध्यक्ष ओली कर्णालीमा

‘महिलाको जीवनस्तर उकास्न गाउँमै सहकारी स्थापना गरयौं’

हेलिकोप्टर चढेर एमाले अध्यक्ष ओली कर्णालीमा

भेरीगंगामा एक महिने होमस्टे तथा सिङ्गारु नाच

Leave a comment

Your email address will not be published. Required fields are marked *