२०८३ आश्विन १७ गते
×

Now Playing

कर्णालीका यी २२ उम्मेदवार, जसले १०० मत कटाउन सकेनन्

सुर्खेत,१३ मंसिर ।

कर्णाली प्रदेशमा १९० जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये २२ जनाले १०० मत कटाउन सकेका छैनन् । १०० मत नकटाउनेमा स्वतन्त्र उम्मेदवारका अलवा कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबाट उम्मेदवारी दिएका नेताहरू धेरै छन् ।

कुनै समय नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले भन्दा बलियो रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) धेरै जसो उम्मेदवारहरुले पनि कमजोर मत प्राप्त गरेका छन् । १०० मत नकटाउनेमा प्रतिनिधि सभातर्फका ७४ उम्मेदवारमध्ये १० जना उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारले १०० मत कटाउन सकेनन्। त्यो सूचीमा नेमकिपाका प्रेम कुमार थापा रहेका छन् । उनले ५९ मत प्राप्त गरेका छन् भने राप्रपा नेपालका जीवन चन्दले ३२ मत पाएका छन् ।

यस्तै मंगल नेशनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर (कुखुराको भाले)ले २९ मत प्राप्त गरेका छन् । यहाँ उपसभापति खड्का ४२ हजार ६०७ मतसहित चुनाव जितेका थिए भने एमाले दोस्रो, रास्वपा तेस्रो र राप्रपा चौथो स्थानमा थियो ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेश्नलिष्ट पिपल्स पार्टी (लाटोकोसेरो) का कुमारी राईले पनि १०० मत कटाउन सकिनन् । उनले जम्मा ५० मत पाएकी छन् । यस्तै दैलेख क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका मध्ये बीपी कांग्रेसका भुपाल बहादुर थापाले ६६ मत प्राप्त गरेका छन् भने कालिकोटबाट प्रतिनिधि सभा रोजेका ६ जना मध्ये स्वतन्त्र उम्मेदवार (सुर्यमुखी) धनप्रसाद पाण्डेले ८२ मत प्राप्त गरे। यहाँबाट कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

हिमाली जिल्ला मुगुमा ५ उम्मेदवारमध्ये दुई जना स्वतन्त्र उम्मेदवारले १०० मत कटाउन सकेनन् । यो सूचीमा स्वतन्त्र (जोडी चप्पल) उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र (पुतली) उम्मेदवार भीम चन्द्र हमालले ३८ मत पाएका छन् ।

डोल्पामा ५ जना उम्मेदवार मध्ये स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय (खरायो)ले जम्मा १० तथा नेकपा माक्सवादी (पुष्पलाल) पार्टीका हर्क बहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् । यस्तै ११६ वटा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु मध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् ।

यो सूचीमा सुर्खेत १ (१) का ६ जना मध्ये ३ जना रहेका छन् । यहाँ जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत पाए भने राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्प रान रानाले २३ मत पाए । १ (२) का ८ जना मध्ये २ जनाले १०० मत कटाउन सकेनन् । यहाँ नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार (जेब्रा) देव बहादुर चन्दले ९ मत पाए ।

निर्वाचन आयोगको तथ्यांक अनुसार सुर्खेत २ (१) मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्ण बहादुर सुनारको पनि १०० मत कटाउन सकेकन् । उनीहरुले २२ मत प्राप्त गरे भने २(२)मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए ।

यस्तै हुम्ला (२) मा राप्रपाका नैन बहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए । १०० भोट नपाउनेको सूचीमा मुगु (२) मा स्वतन्त्र उम्मेदवार जगत बहादुर धामी पनि छन् । उनले १५ मत पाएका छन् ।

रातोपाटी

कर्णालीका यी २२ उम्मेदवार, जसले १०० मत कटाउन सकेनन्

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

कर्णालीका यी २२ उम्मेदवार, जसले १०० मत कटाउन सकेनन्

ओलीलाई बालेन्द्रको जवाफ, ’सुकुम्बासी तपाईंको लागि भोट

Leave a comment

Your email address will not be published. Required fields are marked *