धरमपोखरामा स्वास्थ्य शिविर

दैलेख,१३ पाैष ।

दैलेखको गुराँस गाउँपालिका, ८ नम्बर वडामा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ७० जनाले सेवा पाएका छन् । गर्भवती महिलाहरूको लागि निःशुल्क भिडियो एक्सरे र प्रजनन स्वास्थ्य साक्षरता सेवा तथा ३० देखि ६० वर्ष उमेर समूहका आमाहरूको पाठेघरको मुखको क्यान्सर जाँच तथा स्क्रिनिङ्ग सेवा दिइएको हो ।

शिविरमा ३४ जना गर्भवती महिलाले भिडियो एक्सरे सेवा र परामर्श पाएका छन् भने ३६ जना अन्य महिलाले पाठेघरको मुखको क्यान्सर जाँच र स्क्रिनिङ्ग सेवा लिएका छन् । शिविरमै गुराँस ६ की एक महिला सुत्केरीसमेत भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र, धरमपोखराले जानकारी दिएको छ ।

गुराँस सरकारका प्रवक्ता एवं ८ नम्बरका वडा अध्यक्ष दीपेन्द्र ओलीले उद्घाटन गरेको शिवरमा गुराँस अस्पतालका डाक्टर नभिता कँडेल भारती, अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुवर्ण केसी, गुराँस स्वास्थ्य शाखा प्रमुख नीर भण्डारी, नर्सिङ शाखा प्रमुख सीता मल्ल, सिनियर अनमीहरू उतारा केसी, भद्रा मल्ल तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, धरमपोखराका स्वास्थ्यकर्मीहरूको उपस्थिति थियोे ।

शिवरमा उपस्थित गर्भवती महिलाहरूलाई आवश्यक परामर्श तथा अन्य महिलालाई औषधि समेत उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मीकाअनुसार पाठेघरको मुखको क्यान्सर नभए पनि धेरैजसो महिलाको पाठेघरमा संक्रमण देखिएको छ । उनीहरूलाई थप फ्लोअपको लागि गुराँस अस्पतालमा बोलाइएको छ ।

धरमपोखरामा स्वास्थ्य शिविर

कर्णाली एमाले :  संसदीय दलको नेतामा कँडेल

धरमपोखरामा स्वास्थ्य शिविर

बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *