सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत,१३ पाैष ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका १८ वर्षीय मोहन रास्कोटी, वडा नं. ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । उनीहरूलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उनले बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठपुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागूऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए । सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।

कान्तिपुर 

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ

गृहमन्त्री लामिछाने राहदानी विभाग निरीक्षणमा

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कर्णाली : नेकपा माओवादी केन्द्र संसदीय दलको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!