कर्णालीमा नयाँ गठबन्धनको सरकार बनाउने तयारी

सुर्खेत,१३ पाैष ।

राष्ट्रिय राजनीतिको सत्ता समीकरणमा आएको परिवर्तनसँगै कर्णाली प्रदेशमा पनि एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पद बाडफाँड हुने देखिएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सांसद छन् । यो संख्या सरकार बनाउनको लागि पर्याप्त हो ।

कर्णालीका ठूला दलहरू एमाले र माओवादीले अझैं संसदीय दलको नेता भने छानिसकेको छैनन् । एमालेमा संसदीय दलको नेताका लागि स्थायी कमिटी सदस्य यामलाल कँडेल र कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद शाहको दाबी छ । नेता छान्नका लागि छलफलमा जुटेको एमालेले जनाएको छ ।

प्रदेश इन्चार्ज कँडेलले सोमबार मात्रै सांसदहरूको शपथग्रहण भएकाले मंगलबारदेखि संसदीय दलको नेताका लागि छलफल सुरु गरिएको बताए । ‘सबैसँग भेटघाट र छलफल हुँदै छ,’ उनले भने, ‘सरसल्लाहबाटै नेता चयन गर्ने तयारीमा छौं ।’ १० सिट ल्याएको एमालेले मुख्यमन्त्रीमा पनि दाबी गरिरहेको छ ।

‘मुख्यमन्त्री त हामीले हिजो पनि दाबी गर्दै आएका थियौं, आज पनि यो कुरामा गम्भीरतापूर्वक छलफल चलिरहेको अवस्था छ,’ उनले भने, ‘पार्टी भएपछि मुख्यमन्त्रीको दाबी पक्कै हुन्छ, हामी हाम्रो भूमिकाबाट भाग्ने कुरा आउँदैन ।’

माओवादीले पनि मंगलबार संसदीय दलको नेता चयन गरेको छैन । माओवादीबाट संसदीय दलको नेतामा बिन्दमान विष्ट र राजकुमार शर्माले दाबी गर्दै आएका छन् । मंगलबारबाट संसदीय दलको नेता छान्न बैठक बसिरहेको सांसद बिन्दमान विष्टले बताए । माओवादीको संसदीय दलको नेतामा उनीसहित राजकुमार शर्मा आकांक्षी छन् ।

विष्टले मुख्यमन्त्रीमा आफूहरूको पनि दाबी हुने बताए । ‘धेरै कुरा त केन्द्रीय समीकरणमै भर पर्ला, तर हामीले हाम्रो दाबी छोड्ने कुरा भएन,’ उनले भने, ‘संसदीय दलको नेतामा सर्वसम्मत नेतृत्व चयन गर्ने गरी जुटिरहेका छौं ।’ उनले बुधबारसम्म नेता चयन भइसक्ने बताए । अघिल्लो पटक माओवादी र एमालेको गठबन्धन हुँदा माओवादीले मुख्यमन्त्री पाएको थियो ।

गठबन्धन टुटेपछि भने कांग्रेसले मुख्यमन्त्री पायो । कर्णाली प्रदेशमा माओवादीको बलियो पकड भएकाले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने पार्टीकी प्रदेश कमिटी अध्यक्ष विमला केसीले बताइन् । यो पटक १४ सिट ल्याएर ठूलो पार्टी बनेको कांग्रेस भने प्रतिपक्षमा पुगेको छ । कांग्रेस सांसद राजीवविक्रम शाहले यसपालि सशक्त प्रतिपक्षको भूमिकामा आफूहरू बस्ने बताए ।

कान्तिपुर 

कर्णालीमा नयाँ गठबन्धनको सरकार बनाउने तयारी

सल्यानमा भीरबाट लडेर २ जनाको मृत्यु

कर्णालीमा नयाँ गठबन्धनको सरकार बनाउने तयारी

पढाइ रोकेर विद्यालयमा महोत्सव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!