९४ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया

जाजरकोट,१२ पाैष ।

जाजरकोटको नलगाड नगरपालिकाले मोतीबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको छ। नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जाजरकोटको सहजीकरण र नलगाड नगरपालिकाको आयोजनामा दल्लीमा भएको दुई दिने मोतीबिन्दु शल्यक्रिया शिविरबाट ५० महिला र ४४ पुरुष गरी ९४ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिइन्।

शुक्रबारदेखि सुरु भएर आइतबार बिहानसम्म शिविरमा ५ सय ५५ जनाको आँखा परीक्षण गरिएको थियो। शिविरमा औषधि र चश्मा पनि वितरण गरिएको थियो।

नलगाड नगरपालिकाले प्रत्येक वर्ष विभिन्न दातृ निकायहरूसंगको समन्वयमा आँखा, कान, घाँटी, नाक, महिलाहरूको पाठेघर खस्ने समस्या सम्बन्धीको विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताए।

हाल सम्पन्न गरिएको मोतीबिन्दु शल्यक्रिया शिविरबाट धेरै विपन्न र जेष्ठ नागरिकले सेवा पाएको नगर प्रमुख रावतको भनाइ रहेको छ। मोतीबिन्दुको शल्यक्रिया गरेका ज्येष्ठ नागरिकहरूले आफूहरूले पुनर्जीवन भएको बताएका छन्।

अन्नपुर्ण 

९४ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया

अवैध जडीबुटी ओसार्ने पक्राउ

९४ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया

कर्णाली समृद्धिका लागि मिलेर काम गर्ने अठोट

Leave a comment

Your email address will not be published. Required fields are marked *