गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे पुस २२ गते सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौँ,१२ पाैष ।

 गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ भए पनि मंगलबार मत्र आदेशको प्रमाणित कपी आएको हो ।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।

पुस २२ मा लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि अदालतले के हुने भन्ने आदेश दिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।

कान्तिपुर 

गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे पुस २२ गते सर्वोच्चमा सुनुवाइ हुने

YUGAAWHAN NATIONAL DAILY (2079-09-12)

गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे पुस २२ गते सर्वोच्चमा सुनुवाइ हुने

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!