२०८३ आश्विन १८ गते
×

Now Playing

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

सुर्खेत ११ साउन ।

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । रत्न राजमार्गको छिन्चु धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका २ पैसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुङ्गा खस्दा सवारी चालकभन्दा पछाडीको सिटमा बसेका दुइ जना घाइते भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । दैलेखको भगवतीमाई गाउँपालिका २ का १७ वर्षीय पार्वती शाहीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ढुंगा लागेर शाही र वीरेन्द्रनगर ६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए । तर टाउकोमा गम्भीर चोट लागेकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

सुनारको दाइने कानमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका ३ का २९ वर्षीय नमबहादुर रोकाया प्रहरीको नियन्त्रणमा छन ।

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

एसईईको नतिजा सार्वजनिक

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

रगत आपूर्ति गराउन स्वंयम्सेवी रक्तदाता समाज गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *