पदभार ग्रहणमै गृहमन्त्री रवि लामिछानेले मागे निर्मला पन्त केसको अपडेट

काठमाडौं,११ पाैष ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे अपडेट मागेका छन्। लामिछानेको पदभार ग्रहणका बेला उपस्थित भएका गृह सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिएका हुन्।

’निर्मलाको पन्तको घटनाको अपडेट पनि गर्नुहोला’, लामिछानेले निर्देशन दिँदै भने, ’अपडेट मलाई गर्नुहोला। उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला।’ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो। गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको भए पनि अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन।

सेताेपाटी 

पदभार ग्रहणमै गृहमन्त्री रवि लामिछानेले मागे निर्मला पन्त केसको अपडेट

सत्ता गुम्यो, कांग्रेसको शक्ति गुमेको छैनः शेखर

पदभार ग्रहणमै गृहमन्त्री रवि लामिछानेले मागे निर्मला पन्त केसको अपडेट

कुरा कर्मयाेगीका : अहिलेको शिक्षाको गुणस्तर खस्किदो

Leave a comment

Your email address will not be published. Required fields are marked *