जुम्लामा कांग्रेसका बागी उम्मेदवार विजयी,ललितजंग शाही पराजित

जुम्ला,७ मंसिर ।
नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीलाई स्वतन्त्रबाट चुनाव लडेका देवेन्द्रबहादुर शाहीले पराजित गरेका छन् । प्रदेश सभापति शाहीलाई धारा चिह्नबाट चुनाव लडेका देवेन्द्रले १ हजार ८ सय ९९ मतान्तरले पराजित गरेका हुन् । देवेन्द्रले कांग्रेसमा टिकट नपाएपछि गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
देवेन्द्र ९ हजार ६ सय ५४ मत प्राप्त गरी विजयी हुँदा सभापति शाही ७ हजार ७ सय ५५ मत प्राप्त गरी पराजित भए । जुम्ला प्रदेश (१) मा २४ हजार ७ सय ८८ मत खसेको थियो ।






