डेढ दशकपछि जोगले भएको भेट : आँगनैभरी हिउँ नै झरे, आरु फुल है टिपी राखे है

सुर्खेत,७ पौष ।

आँगनैभरी हिउँ नै झरे, आरु फुल है टिपी राखे है, नेपथ्य सांगीतिक समूहको पहिलो एल्बमको यो सदावहार गीतसंगै स्टेज पछाडिको स्क्रिनमा नेपथ्यका स्थापनाकालीन श्यामश्वेत तस्वीरहरुको कोलाजले नेपथ्य सुन्दै, चिन्दै र बुभ्दै आएको पुस्तालाई केहिबेर नोस्टालजिक बनायो ।

किनकी नेपथ्यलाई आँगनैभरीदेखि मीनपचास हुँदै श्रृंगारसम्म सुनेर बुभ्ने एउटा पुस्ता छ भने रेशमदेखि यता सम्मका गीत सुनेर चिन्ने युवा जमातपनि बाक्लै छ । नेपथ्यको सांगीतिक यात्राको माइलस्टोन नै बनेको यो गीतलाई पस्किंदै नेपथ्यले बुधबार वीरेन्द्रनगरस्थित खुलामञ्चमा मानवता प्रवद्र्धनअन्तर्गतको आफ्नाे  सातौं प्रस्तुती भब्यताका साथ गरे को छ ।

जति नै पुरानो किन नहोस् नेपथ्यकाे  एउटा विशेषता के हो भने गायक अमृत गुरुंगले गाउने नयाँ या पुराना जुनसुकै गीत किन नहोस, हरेक गीतका शब्द शब्द कण्ठस्थ गरी उनीसंगै तालमा ताल मिलाएर गाउनसक्ने जमातको कमी कहिल्यै हुँदैन । त्यसैले पनि होला दुई दुई घण्टासम्म स्टेजमा निरन्तर नाच्दै गाउँदै गर्ने अमृतमापनि ऊर्जाको कमी र थकानको महशुस भएको देखिएन ।

पुस महिनाको साँझ छिप्पिदैं जाँदा खुलामञ्चमा गुञ्जिएको नेपथ्यले चिसो सिरेटो समेत छिचोल्दै दुई घण्टासम्म आँगनैभरीदेखि नैनतालसम्मका करिव डेढ दर्जन गीतले गुञ्जायमान बनायो । मै नाँचे छम्छम्ती त साली फनफनी घुमेर गाउँदा अमृत आपूm मात्र नाचेनन्, उनीसंग अरुलाई नाच्नपनि करै लगाए, मञ्च नजिकै बसेका युवायुवतीहरु बाँकी कोहि थिएनन होला अमृतसंगै कम्मर मर्काउन ।

अमृतले आफ्नाे  प्रस्तुतीसंगै माहौल तताउँदै रमाइलो बनाउन र मनोरञ्जन दिन मात्र हैन, समाजसेवा र परोपकारका लागि समर्पित हुन् भावनात्मक सन्देशपनि दिए । शुरुदेखि अन्तिमसम्म उत्तिकै फुर्तिला देखिएका अमृत आप्mनै पारामा आग्रह गर्दै थिए, मानव मन्दिर निर्माणजस्तो पवित्र कार्यक्रमा सबै आप्mनो गच्छे अनुसार सहयोग गरौं…….है….. जवाफमा दर्शक दीर्घाबाटपनि हुटिंगसहितको स्वर उरालियो ।

अमृत फेरि बोले, तपाइँहरुको यो स्वरलाई मैले सहमति र स्वीकारोक्ति माने…है……..। अमृतको यो आग्रहसंगै उनले जीवन हो घामछाँया सुखदुःख दुबै हुन्छ भन्दै आफ्नाे  अर्को भावनात्मक गीत याे जिन्दगानी गाउन शुरु गरे ।

गीत संगै मानवहरुले विगतमा भोग्नपरेका कष्टपूर्ण र टिठलाग्दा हृदय विदारक  दृश्यहरु एकपछि अर्को गर्दै बग्दै गए, गीतको शब्द, भाव अनि मर्मसंगै ।

गीत शुरु हुँदा दर्शक दीर्घामा भावविव्हलता झल्कियो । मानवता प्रवद्र्ध न महाअभियानको नारासहित शुरु भएको कार्यक्रममा २०६४ पछि सुर्खेतमा दोश्रो पटक जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना भनेर दोश्रो पटक नेपथ्य गुञ्जिदै गर्दा पहिलो एल्बमको आँगनैभरीदेखि हालै रिलिज गरिएको नैनताल गाउनेबेलासम्म अमृतसंगै सुरताल र लय मिलाउने कमी भएन ।

मै नाँचे छम्छती गाउँदै गर्दा अगाडिदेखि पछाडिसम्मका दर्शक आ आफ्नाे  ठाउँमा नाचीरहेका थिए । गाउँघरमा कुरिला हालेर एकले अर्कालाई बोलाउने पुरानो प्रथा झल्काउने गरी अमृत बेला बेला स्टेजबाट यसैगरी कुरिला हालिरहन्छन् । जन्मदिने आमा र जन्मभूमिलाई हामीले कहिल्यै बिर्सन हुँदैन है………यसरी लामै लेघ्रो तानेर उनले गर्ने आग्रहमा पनि संगीतको मिठास नै मिल्छ सुन्ने जतिलाई ।

त्यसैले त उनका हरेक है…का पछाडि दर्शकपनि है…. भन्दै समर्थन जनाइहाल्छन् । यहि क्रम सुर्खेतमा पनि दोहोरियो । एकपछि अर्को गीत गाउँदाका बीचमा उनले मुलुकमा रोजगारी नभएकोमा चिन्ता व्यक्त गर्दै अबदेखि कसैले कामको खोजीमा लाहुर (विदेश) जान कसैले नपरोस..है…. भन्दै सिरानमा फोटो छ सुनाए ।

कसैप्रति आरोप र लाञ्छना नलगाइकन उनले राजनीतिक नेतृत्वका कारण देशमा अपेक्षित विकास हुन नसकेको गुनासो सुनाउँदै गाउँ गाउँबाट उठ बस्ति बस्तिबाट उठ, यो देशको मुहार फेर्नलाई उठ भन्दा दर्शकदीर्घाका युवाहरु जुरुक्क जुरुक्क उठेर आफ्नाे  उपस्थिति देखाए । कर्णालीका आँगनमा टेक्दा सः कर्णाली प्रत्यक्ष सुन्न पाउने आशमा रहेका दर्शक श्रोताले भने कार्यक्रमको शुरुमै चलाइएको म्यूजिक भिडीयोमा मात्र देख्न सुन्न परेपछि भने केहि खल्लो माने ।

डेढ दशकपछि जोगले भएको भेट : आँगनैभरी हिउँ नै झरे, आरु फुल है टिपी राखे है

कर्णाली प्रदेशसभा : नयाँ सदस्यहरुको शपथ पुस

डेढ दशकपछि जोगले भएको भेट : आँगनैभरी हिउँ नै झरे, आरु फुल है टिपी राखे है

YUGAAWHAN NATIONAL DAILY (2079-09-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *