जीप दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ घाइते

नारायण (दैलेख), ४ फागुन ।
दैलेखमा मंगलबार राती जीप दुर्घटना भएको छ । सदरमुकामबाट महावु गाउँपालिकाको काँशीकाध जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो जीप फागुमा दुर्घटना भएको हो ।

दुर्घटनामा महावु गाउँपालिका–४ फागुका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।

हमाल महाबु गाँउपालिका–५ गडीगाउँमा रहेको शिव आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । उनका अनुसार दुर्घटनामा चालकसहित ६ जना घाइते छन् । घाईतेहरूको स्थानीय मेडिकलमा सामान्य उपचारपछि जिल्ला अस्पताल रिफर गरिएको प्रमुख शाहको भनाई छ । जीप अनियन्त्रित भएर सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।

जीप दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ घाइते

को हुन ज्ञानेन्द्र शाही ? पार्टीका कार्यकर्ताबाट

जीप दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ घाइते

कर्णालीकाे विद्युत आपूर्ति योजना तयार गर्दैछौं :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds