एक अर्ब बढीको बहुमुल्य युरेनियमसहित आठ जना पक्राउ

काठमाडौं, ३ फागुन ।
बहुमुल्य युरेनियम पदार्थसहित ८ जना पक्राउ परेका छन् । प्रतिबन्धित बहुमुल्य पदार्थ कारोबार भैरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट युरेनियम पदार्थसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

युरेनियमको संकलन, भण्डारण तथा विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ हायात होटलमा ३५ करोडमा करोवार हुन थालेको युरोनियमसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

टोलीले हायातमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट दुई किलो ८ सय ग्राम तौल भएको युरोनियम पदार्थसहित सिन्धुपाल्चोक घर भई कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का र ललितपुर निवासी ६० वर्षीय नवराज महतलाई फेला पारेको थियो ।


उनीहरुमाथि सोधपुछ गर्दा युरोनियम पदार्थ भारतबाट ल्याएको र प्रति किलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । प्रति किलो ३५ करोडका दरले उक्त युरोनियमको मूल्य ९८ करोड हुन आउँछ ।

सोधपुछपछि प्रहरी युरोनियम कारोवारमा संलग्न अन्य ६ जनालाई पनि नियन्त्रणमा लियो । जसमा सिन्धुपाल्चोक घर भई महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिराहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई गोकर्णेश्वर, शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, महोत्तरी एकाडाराका ४४ वर्षीय राजु ठाकुर र भारतको बिहारस्थित गया चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुमाथि ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान भरिरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

एक अर्ब बढीको बहुमुल्य युरेनियमसहित आठ जना पक्राउ

एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

एक अर्ब बढीको बहुमुल्य युरेनियमसहित आठ जना पक्राउ

को हुन ज्ञानेन्द्र शाही ? पार्टीका कार्यकर्ताबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds