चौरजहारीमा सांग्रीला बैंकको १०८ औं शाखा

रुकुम पश्चिम, ३ फागुन ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सांग्रीला डेप्लेमेन्ट बैंकको शाखा स्थापना भएको छ । २ नम्बर वडामा बैंकको १ सय ८ औं शाखाको रुपमा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले उद्घाटन गर्नुभएको हो ।

सोमबार औपचारीक कार्यक्रमको आयोजना गरी बैंकको शाखा उद्घाटन गरिएको हो । बैंक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विशाल शर्माले चौरजहारीलाई कार्यक्षेत्र बनाएर स्थापना भएको बैंकले नगरबासीलाई सहज हुने बताउनुभयो ।

नगरको विकास र समृद्धिको विकासमा सहायता पुग्ने गरी बैंक स्थापना भएको र यसबाट नगरबासीले चाहिएको सुविधा लिनुपर्ने बताउनुभयो । बैंक तथा वित्तिय संस्था बढ्नाले नगरबासीमा वित्तिय साक्षरता बढ्ने विश्वास नगरप्रमुख शर्माको छ ।

उद्घाटन भएसँगै बैंकले नियमित सेवा सुरु गरेको छ । बचत, कर्जा प्रवाह, रेमिट्यान्स लगायतका सेवा दिन सुरु गरिएको बैंकले जनाएको छ । बैकका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले बैंकले नियमित सेवा सुरु गरिसकेको जानकारी दिनुभयो ।

यो सहित चौरजहारीमा बैंकको संख्या ४ पुगेको छ । यस अघि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी बैंकले सेवा प्रवाह गरिरहेका छन् ।चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले रिवन काटेर वैंकको औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

नेपाल सरकारबाट क वर्गको ईजाजत प्राप्त वैंकको चौरजहारीमा स्थापना गरेको यो १०८ औं शाखा भएको कर्मचारी दिपक वुढाथोकीले जानकारी दिनुभयो ।

शाखा उद्घाटन भए संगैं बैकले खाता संचालन तथा नियमित रुपमा आर्थिक कारोवार गतिविधिको सुरुवात गरेको चौरजहारी शाखा प्रवन्धक विशाल महर्जनले बताउनुभयो ।

बैंकले नीतिगत लगानी विपन्न वर्ग कर्जा,आवास कर्जा, व्यवसाय कर्जा, सरल कर्जा, व्यक्तिगत कर्जा, मुद्धती निक्षेप, बचत खाता मुद्धती खाता क्रमिक खाता मोवाईल वैंकिगं डिम्याट, एटिएम ईन्टरनेट वैंकिगं, क्युआर कोर्ड लगायत सेवा सञ्चालन हुने बताईएको छ ।

चौरजहारीमा सांग्रीला बैंकको १०८ औं शाखा

सल्यानमा दिनप्रतिदिन एमाले छोड्नेहरुको लहरै बढ्यो

चौरजहारीमा सांग्रीला बैंकको १०८ औं शाखा

सरकारले चासो नदेखाएपछि दाङ्गमा खुत्रुके अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds