मन्त्री कार्कीले गरे कानुन मन्त्रालयको पदभार ग्रहण

काठमाडौं,२८ असोज ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् l सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन्। सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ’कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तर रूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेस भएका र पेस हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेस गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु।’

मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसम्मत रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए।

आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास छ। मन्त्रालयका सचिव उदयराज सापकोटाले मन्त्रालयलयको गतिविधि र भावी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

सेतोपाटी

मन्त्री कार्कीले गरे कानुन मन्त्रालयको पदभार ग्रहण

वीरेन्द्रनगर बजार बन्द , व्यावसायीहरुले बुझाए ज्ञापन

मन्त्री कार्कीले गरे कानुन मन्त्रालयको पदभार ग्रहण

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मीलाई पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *