गीता दृष्टि
सुर्खेत,२६ कात्तिक ।
चुनाव आयो,
भोट चाहियो भन्छ नेता
भोट दिएर के पाउँछ
भन्छ जनता कसैले भन्छ काम गरेर देखाउँछु
कसैले भन्छ साठगाँठ मिलाउँछु ।
चुनाव आयो,
विद्वत वर्ग भन्छन दिनुपर्छ
चुनावी शिक्षा
जनता भन्छन कसैले केहि गर्दैनन् छैन अपेक्षा
सबैले बुझ्दैनन् भोट अधिकार हो
यहि नै देश विकास गर्ने आधार हो ।
चुनावले के ल्यायो ?
चुनाव आउँछ जान्छ हुँदैन केहि बन्छ सडक भत्किन्छ
बाटो थाहै नपाई
चल्दैन सरकारी अड्डा घुसै नखाई ।
के.बी. पारखी
फेरि चुनाव आएको छ
तपाईं हाम्रो घरदैलोमा बाजागाजा ,
फुलमाला पहिरीदै
सबलाई हात जोडिरहेका छन्
खुट्टा ढोगीरहेछन् ।
हिजो दुःख विमार पर्दा मान्छे नचिन्नेले चिनेका छन्
घरको आँगन नटेक्नेले टेकेका छन् ।
गाउँघर,समाजमा
समृद्विको सपना देखाएर
दिन्छन् ठूला ठूला भाषण दिन्छन्
ठूलै ठूला आश्वासन
र फेरि पनि
मैले दुधले नुहाएर आएको छु ।
मनमा पाप छदैछैन
हिमनदीको मुहानबाट निस्केको
जल जस्तै पवित्र छ
मेरो मन भन्दै भोटको भिक्षा
माग्न आएका छन् ।
यो समयमा आफुलाई
विवेकको तराजुमा जोखेर
हिसाबकिताब गरेर
न्यायाधीश बनिदिनुहोस्
फैसला गरिदिनुहोस्
लगाइदिनुहोस्
स्वस्तिक छाप ।
फेरि पनि
कदापि नबिर्सनु आफ्नो
सुरक्षित मताधिकार झुक्किएर
पनि मिठा चिप्ला कुरामा
नबिकी हृदयको प्रेम झिकी
बिर्सीएर पुरानो चोट सम्मानले हालीदिनु भोट ।
कामना गर्नु गतिला मान्छे
हार्नै छैनन् मेरो भोट खेर जाने छैन
विगतको जस्तो गल्ती दोहोरिने छैन ।
फेरि झुक्किएर पनि फेरि कति बर्षसम्म
टाउको समाएर बस्न नपरोस् यो चुनावले
जय जनता जर्नादनको भलो गरोस् ।
युग संवाददाता । । २६ कार्तिक २०७९, शनिबार ११:५६