सल्यान चौरजहारीमा ६ महिनादेखि  सडक अबरुद्ध

बसन्त शर्मा
सल्यान,९ असोज।
सल्यानको सदरमुकामबाट १०९ किलोमीटर दुरिको रहेको थारमारे देखि पश्चिम रुकुम चौरजहारी सडक खण्ड जेठ देखी असोज सम्म ६ महिना सडक अबरुद्ध भएको छ ।

आकस्मिक बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स समेत नजाने भएको हुदा बिरामीका आफन्तले बोकेर लैजानु परेको दु:खद अवस्था रहेको छ ।

नेपालिको महान चाड बिजया दशमी मनाउन घर आउन लागेका यात्रुहरुले जोखिम मोलेर झन्डै ४ घण्टाको पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीय समाजसेवी भुवनेश्वर शर्माले बताए । कुमाख गाउँ पालिका केन्द्र बिन्दुमा रहेको सडकको यस्तो अवस्था हुदा पनि सम्बन्धि स्थानीय तह यस भेकबाट पतिनिधित्व गर्ने प्रदेश प्रतिनिधि सघ प्रतिनिधि कसैले पनि वास्ता नगरेको जनगुनासो आईरहेको छ ।यसमा सम्बन्धित सरोकारवालाको ध्यान जावस । र सडक छिटै मर्मत होस भने जनआशा रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया