आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्ले अन्तरगतका सम्पूर्ण बालबालिकाहरु लाई फाईजर खोप लगाइयो

दिलिप ढकाल
सुर्खेत,६असोज ।

सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ४ का ५ वर्ष देखि १२ बर्ष मुनिका बालबालिका हरु लाई कोभिड 19 विरुद्धको फाईजर खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। २०७९ भदौ ३१ गते देखि सुरु भएको कोभिड बिरुद्दको फाईजर खोप लगाउने कार्यक्रम असोज ५ गते सम्पन्न भएको हो। आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्लेको सेवा क्षेत्र भित्र रहेका बिद्यालयमा खोप कार्यक्रम संचानल गरिएको थियो। वडा नम्बर ४ को जनासेवा माबी असुरेनी धाममा २५ जना बालिका र ५७ जना बालक गरि जम्मा ८२ जना बिद्यार्थी लाई खोप लगाइएको हो।

त्यस्तै ४ जना बालक र ४ जना बालिका गरि जम्मा ८ जना विद्यार्थीले फाईजर खोपको पहिलो मात्रा लगाउदा जम्मा ९० जनाले कोभिड १९ बिरुद्दको फाईजर खोप लगाएका छन्।

यस्तै यहि असोज १ गते वडा नम्बर ४ स्थित श्री ज्ञान ज्योति माबि सुकेतालमा कक्षा १ देखि कक्षा ८ सम्मका जम्मा ६० जना बिद्यार्थी लाई फाईजर खोपको दोस्रो मात्रा लगाइएको छ। जसमा २१ जना बालक र ३६ जना बालिका रहेका छन्। भने पहिलो खोप लगाउने बालिका ३ जना गरि जम्मा ६० जनाले फाईजर खोप लगाएका थिए।

असोज दुई गते श्री साल्डागरे बगर मा दोस्रो खोप लगाउने ८० जना मध्ये ३८ जना बालक ३९ जना बालिका रहेका छन् भने खोपको पहिलो मात्रा लगाउने बालिका ३ जना रहेका छन्। असोज तिन गते श्री भुवनेश्वरी इङ्लिस बोर्डीङ्ग स्कुलका जम्मा ८७ जना मध्य केटा ५० जना केटा र ३१ जना केटी तथा पहिलो खोप लगाउने बालक ६ जना रहेका छन्।

असोज चार गते श्री शारदा दलित आधारभूत बिद्यालय ठाकुरमा फाईजर बिरुद्दको खोप लगाउने जम्मा ५६ जना मध्ये दोस्रो खोप लगाउने बालक २१ जना बालिका का २७ तथा पहिलो खोप लगाउने बालक ६ जना र बालिका २ जना रहेका छन। र असोज ५ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा जम्मा ५६ जनाले खोप लगाउदा दोस्रो खोप लगाउने बालक २७ जना र बालिका पनि २७ जना रहेका छन् भने खोपको पहिलो मात्रा लगाउने बालक जम्मा २ जना रहेका छन।

वडा नम्बर ४ का अध्यक्ष तथा स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष बेल बहादुर चन्दले छ दिन सम्म संचालन भएको खोपको अनुगमन गर्नु भएको थियो भने आधारभूत स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख प्रेम बहादुर सुनारले खोप सुपरिबेक्षन गर्नु भएको थियो त्यस्तै , अ.हे.ब.रिता कंवर सहितको टीमले खोप लगाएको थियो।

शनिबार अर्थात अशोज १ गते ज्ञान ज्योति माबि सुकेतालमा खोप लगाउने क्रममा शनिबारको दिनमा पनि बिद्यालयमा आएर बिद्यालयमा प्रधानाध्यापक काशिराम वलीले बिशेष सहयोग गरेका थिए। खोप लगाउने कार्यक्रममा सम्बन्धित स्कुलका शिक्षक शिक्षिका को पनि सहयोग रहेको थियो।

खोप लगाउने कार्यमा सहयोग गर्ने बिद्यालय र बिद्यालयका शिक्षक शिक्षिका लाई आधारभूत स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख प्रेम बहादुर सुनार,अ.हे.ब.रिता कंवर लगायात आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्ले ले हार्दिक धन्यबाद ज्ञापन गरेको छ।

तपाईको प्रतिक्रिया