‘पहिलो तलब १५ रुपैयाँ’

मेरो नाम कुलमान शाक्य । बि.स २००० सालमा दैलेखमा मेरो जन्म भयो तर मेरो बालापन सुर्खेतको कटकुवामा रहेको मेरो मामाको घरमा बित्यो । म सानो उमेरबाटै मामाकै घरमा हुर्किए । मेरा बाजेबजै काठमाडौंबाट आएका हुन् । मेरा बाजेका २ वटा परिवार थियो । दुई बजैबाट गरी ९ भाई छोरा भए, उनीहरुमध्ये साइँलोको छोरा हो म । मेरो बालापन मामाघरमा प्यारो नाती भएरै बित्यो । सबैले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मलाई अझै पनि याद छ, त्यति बेला वर्षमा एकपटक नेपालगञ्ज हाट जाने गरिन्थ्यो ।

वर्षभरीलाई पुग्ने गरी लत्ताकपडा, नुन, चिनी, मट्टीतेल, साबुन सबै सामान ल्याउने गरिन्थ्यो । मेरो बाजे बुवाहरु पनि गाउँका साथीभाई जम्मा गरेर वर्षमा एकपटक पैदल हिडेर नेपालगञ्ज जाने गर्नुहुन्थ्यो । म पनि एकपटक गएको छु। घोडा खच्चडमा सामान राख्ने अनि आपूm पैदल हिड्ने । सबैका शरिरमा फाटेका कपडा, डोरीले बाँधेका चप्पल यस्तै दृष्य त्यतिबेलाको समयमा देख्न पाइन्थ्यो । हाट जाने तयारीका लागि बाटोमा खाने रोटी, तरकारी, अचार घरैबाट तयार गरेर हिडिंन्थ्यो ।

त्यो समयको खाना भनेको रोटी, दहि। दूध, मह, आटो, ढिंडो, बारीमा फलाएका तरकारी, अलि धनीको घरमा भात यस्तै हुन्थ्यो । किन्ने भनेको लत्ताकपडा, नून, चिनी, मट्टीतेल, साबुन इत्यादि मात्रै हुन्थ्यो, बाँकी त आफैले खेतिपाति गर्ने फलाउने खाने हुन्थ्यो । हाम्रा घर पनि झिगेंटोले छाएको, खर, पत्थरले छाएको हुन्थ्यो । म ५ वर्ष भएपछि गाँउमै रामपाल सिंह भन्ने शिक्षकले मलाई पढाउनुहुन्थ्यो । त्यतिबेला स्कुलपनि हुँदैन थिए ।

त्यसपछि मैले पहिला गोठीकाँडामा रहेको जन मा.वि मा पढे । जन मा.वि त्यति बेला नि.मा.वि थियो । मलाई जन नि.मा.विमा पदमबहादुर सरले पनि पढाउनुभयो । मैले यस्तै गर्दै कक्षा आठ पास गरे अनि ९ कक्षा पढ्नका लागि साथीहरु बटुलेर नेपालगञ्ज जाने योजना बनाएँ । मेरा साथीहरु ज्ञानबहादुर जी.सी, रविलाल सुवेदी (वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर देवकुमार सुवेदीका बुवा), बलभद्र भारतीहरु हामी सबैजना कक्षा ९ मा पढ् नका लागि सुर्खेतबाट ३ दिनको पैदल यात्रा गर्दै नेपालगञ्ज पुग्यौ । त्यतिबेला न त बाटोनै थियो न त गाडी ।

साधन भनेको हाम्रो घोडा हुन्थ्यो त्योपनि सामान बोक्नका लागि अनि आपूm चाँही पैदलनै हिड्नु पर्थो । हामी नेपालगञ्ज पुगेर मंगलप्रसाद एम.पी हाइस्कुलमा नाम लेखाएर पढ्न जान थालियो । हामी ९ कक्षा पास गरेर १० मा गयौ । अनि एस.एल.सी आयो, तयारी पनि गरियो । तर अन्त्यमा हामी सबै फेल भयौ । एस.एल.सी फेल भएपछि म घर फर्किए। तर त्यो समयमा ८ कक्षा पास गर्नेलाई पनि असाध्यै ठूलो मानिन्थ्यो ।

पढेका मान्छे हुँदैन थिए। त्यसपछि म शिक्षक पेशामा लागे । मलाई अझै याद छ मेरो पहिलो तलब १५ रुपैयाँ थियो । १५ रुपैयाँ तलबमा काम शुरु गरेको मैले अर्को स्कुलले २० रुपैयाँ दिएर मलाई बोलाएको थियो, अझै सम्झिन्छु। यहि गतिमा मैले ३ वर्ष पढाएँ अनि मलाई एक सय रुपैयाँ तलब दिने गरी अर्को विद्यालयले बोलायो अनि म सबै छोडेर त्यहाँ गएको थिए। आपूmलाई पनि अब मैले शिक्षण पेशामै आप्mनो करियर बनाउँछु र गाउँमा आप् mनो पहिचान बनाउँछु भन्ने सोचलेनै अघि बढ्दै जाँदा मैले २१ वर्षको उमेर विवाह गरे ।

मेरापनि २ वटा श्रीमती, ३ छोरा अनि ३ छोरी गरेर ६ वटा सन्तान भए । यसो सम्झिदा, पहिलाको पढाई भनेको राम्रो थिएन । किनकी, पहिला विद्यार्थीलाई पाठ घोक्न मात्रै लगाइन्थ्यो । अनि जानेन भने पिट्ने गरिन्थ्यो । पहिला हामीले पढ्दा अथवा पढाउँदा सँस्कृत भाषा हुने भएकाले विद्यार्थी भने एकदमै ज्ञानी हुन्थे । शिक्षकको आदर सम्मान गर्ने हुन्थे । एउटा उदाहरण दिन्छु, म कक्षामा जान्ने विद्यार्थी थिए । एकजना देवीदत्त कोइराला शिक्षक हुनुहुन्थ्यो उहाँले इतिहास पढाउनुहुन्थ्यो तर कहिल्यै प्रश्न सोध्नु हँुदैन थियो ।

अनि अर्का शिक्षक मदन हुनुहुन्थ्यो उहाँले भने जहिले सोध्ने । एकदिन देवीदत्त कोइराला सर आउनुभएन अनि मदन सरले उहाँको कक्षा दिन आउनुभयो अनि सोध्नु भयो, देवीदत्त सरले नसोध्ने भएर नपढेरै आएको थिएँ, त्यो दिन साह्रै पिटाई खाइयो, कहिल्यै बिर्सिदैन । तर यो पनि हो की हाम्रो बेलामा जुन शिक्षकले बढि पिट्थे उनका विद्यार्थी अलि जान्ने हुन्थे । म अलि भलिवलतिर पनि इच्छा राख्ने भएकाले खेल खेल्दा म आफै बल बनाएर साथीहरुसंग भलिवल खेल्थे ।

खेलकै शिलशिलामा सुर्खेतदेखि दैलेख पनि गएकाे थिएँ । नत्र त्यो बेला मोजाको बल, कबड्डी, छोपी खेल खेल्ने गर्थीम । अहिले ती साथीहरु कोहि आप्mना छोराछोरीसंग विदेश गएका छन्, कोहि शिक्षक भएर रिटायर्ड नि भैसके, कोहि स्वास्थ्य लाइनमा छन् । त्यतिबेला त्यस्तै घर राम्रा हुन्थे अहिले समयको माग अनुसार सिमेन्टका हुन थाले यतिबेला यो राम्रो छ । यो एउटा घुम्ने चक्र हो । म पनि आप्mनो जीवनको २५ वर्ष शिक्षक पेशामै अडिए र रिटार्ड भए । अहिले घरमै परिवारको साथमा दिनभरि किताब पढ्ने, करेसाबारी तिर ध्यान दिने, नातिनतिना संग खेल्ने, पत्रपत्रिका पढ्ने र टीभी हेरर बिताउने गर्छु । प्रस्तुती : सृजना बुढाथोकी

‘पहिलो तलब १५ रुपैयाँ’

कक्षा कोठाको अभाव झेल्दै सुर्यज्योति माबि हर्रेका

‘पहिलो तलब १५ रुपैयाँ’

घर अनि अटो दुवै चलाउने : पवित्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *