भीड,भाँड र भाँडभैलाे

गणेश कार्की

सुर्खेत, १९ साउन ।

अहिलेको युवा पुस्ता दुई पक्षमा विभाजित छ । एउटा, जो परम्परागत राजनीतिक शक्तिहरुबाट देशको विकास र परिवर्तन सम्भव नभएको पहिलो अनि अन्तिम निष्कर्ष निकालेर राजनीतिमा युवा जमातसहितको नयाँ शक्ति हस्तक्षेपकारी भूमिका लिएर नेतृत्वमा स्थापित हुनुपर्ने चाहना राख्छ ।

अर्को, परम्परागत राजनीतिक दलभित्र कुण्डली जमाएर बसेका थोत्रा पुराना बूढा नेताहरुलाई विस्थापित गरी त्यहिभित्रै रहेका जोशिला, विश्वासिला र आशलाग्दा युवा नेताहरुलाई नेतृत्व सुम्पिनुपर्छ । तातो रगत उम्लिदैं गरेको अवस्थामा रहेका युवा पुस्ता दुई कित्तामा उभिंदै गर्दा एउटा कालखण्डको साक्षीका रुपमा रहेको बूढोपुरानो पुस्तालाई भने आप्ना समकालिन सबै नेताहरु टेष्टेड, फेल्ड र आउटडेटेड भइसकेपछि अब नेतृत्वमा आउने नयाँ पुस्ताले केहि नयाँ र राम्रो गरी पो हाल्छ कि भन्ने आश मात्र बाँकी होला, विश्वास चैं उतिसार्हो होला जस्तो लाग्दैन ।

यस्तै आशा, अहिले उम्लिने तरखरमा रहेको युवा पुस्ता र नेतृत्वसंग मात्र होइन्,आजका दिनसम्म आइपुग्दा उहि टेष्टेड, फेल्ड र आउटडेटेड भइसकेका पुराना पार्टी र तीनै पुराना नेताहरुसंग पनि थियो कुनै बेला । राणाकालीन समयमा वीपी, पुष्पलालजस्ता नेताहरु आशा र विकल्पका रुपमा थिए । भलै उनीहरुले धेरै राम्रो गर्न खोज्दा खोज्दै परिस्थितिजन्य वाध्यताका कारण असमर्थ बनाइए त्यो बेग्लै पाटो रह्यो ।

जहाँनियाँ राणाशासन फालेर बहुदलीय व्यवस्थाको बिउ राम्ररी रोप्न नपाउँदै पञ्चायति व्यवस्था आयो नयाँ विकल्पका रुपमा । जसमा तुलसी गिरी, कीर्तिनिधि विष्टदेखि सुधारिएको पञ्चायतमा कमल थापासम्म विकल्पका रुपमा आए । २०४६ सालमा बहुदलीय व्यवस्था वहालीपछि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपालहरु विकल्पका रुपमा आए ।

बहुदलीय व्यवस्थापको पनि उत्तम विकल्पका रुपमा साम्यवादी गणतन्त्र ल्याउने भन्दै पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरु विकल्पका रुपमा आए । दलीय व्यवस्था नै असफल भएको भाष्य स्थापित गर्ने गरी अहिले नयाँ शक्ति, वैकल्पिक शक्ति या स्वतन्त्रका नाममा अर्को प्रयोग गर्ने तयारी भइरहेको छ नेपालको राजनीतिमा । नेपालजस्तो भौगोलिक र जनसांख्यिक हिसावले सानो देशमा राजनीतिका यत्ति धेरै प्रयोग भइसके कि अब प्रयोग
हुन बाँकी कुनै वाद, सिद्धान्त या अभ्यास बाँकी छैन ।

नयाँ शक्ति र स्वतन्त्रको अभ्यास अनुभूति भएको छैन भन्ने हो भने निर्दलीय उम्मेदवारका रुपमा मेयर जितेका शहर नगरहरुलाई हेर्दै गर्दा हुन्छ । भारतमा कांग्र ेसको सरकारलाई पत्तासाफ हुने गरी ढाल्नका लागि भारतीय जनता पार्टीले अदृश्य रुपमा चलाएको एउटा ठूलो अभियान थियो लोकपाल विधेयकसम्बन्धित आन्दोलन । अन्ना हजारे, जसलाई न्ना नहि आँधी है देशका

सन्दर्भ विशेष

ठूला गान्धी है भन्दै रातारात गान्धीपछिको दोश्रो सत्याग्रहीका रुपमा स्थापित गराउँदै गर्दा त्यो आन्दोलनको सहयात्रीका रुपमा महत्वपूर्ण भूमिकामा रहेका अरविन्द केजरीवाल पछिल्लो समय आप्नै नेतृत्वमा आम आदमी पार्टी गठन गरी भारतका दुई राज्य दिल्ली र पञ्जाबमा बहु मतको सरकार चलाई रहेका छन ।

यो पार्टी कुनै पुरानो राजनीतिक सिद्धान्त समाजवाद, साम्यवाद वा अन्य यस्ता कुनै वादभन्दा पनि लोककल्याणकारी राज्यको अवधारणा पछ्याउँदै अघि बढिरहेको छ । जनताका दैनिक समस्या र सवालहरुलाई सम्बोधन हुने गरी काम गर्दै आइरहेका कारणपनि भारतमा यो पार्टीको लोकप्रियता बढ्दै गइरहेको छ । त्यसैले पनि दिल्लीमा पहिलो चुनावबाटै प्रचण्ड बहुमतका साथ सरकार बनाएको ५० दिनपनि नपुग्दै सरकार छाड्ने परिस्थितिमा पुर्याइएको आम आदमी पार्टीले त्यसपछि भएको उप निर्वाचनमा झन् धेरै सिट जित्दै पुनः दिल्लीमा
सरकार चलाउने अवसर पायो ।

भारतीय जनतामा परेको आमआद्मी पार्टीप्रतिको यो छापको लहर नेपालमा पनि ढिलो चाँडो पर्ने निश्चित थियो । त्यसैले पनि डा बाबुराम भट्टराई नयाँ शक्ति, उज्जवल थापाहरु विवेकशील पार्टी र रविन्द्र मिश्रहरु साझा पार्टीको झण्डा बोक्दै राजनीतिक अखडामा उत्रिए ।

संस्थागत रुपमा साझा धारणा र आधिकारिक अवधारणा बनाउनुपर्ने कतिपय मुद्दा, घटना, विषय र सन्दर्भहरुलाई हेर्ने हरेक व्यक्तिका अलग अलग नजरिया भएकै कारण वैकल्पिक भनेर खडा भएका पार्टीहरु आफै आन्तरिक संघर्षको घर्षणमा यसरी खिइए कि राम्ररी खडा हुन नपाउँदै लड्खडाउन पुगे ।वैकल्पिक शक्ति नामको राजनीतिक अभियान अब कमजोर हुँदै गयो भन्ने बेलामा भएको स्थानीय तह निर्वाचनमा निर्दलीय उम्मेदवारहरु गोपी हमाल, बालेन्द्र साह र हर्क साम्पांगहरुको विजय देख्दा वैकल्पिक राजनीतिक अभियानको निभ्नै लागेको दियो धिपधिप गर्दै फेरी उजेलिन थाल्यो ।

त्यहि क्रममा घण्टी बजाउँदै अहिले रवि लामिछाने फेरि राजनीतिक मैदानमा उत्रिएका छन् । लामो समय टेलिभीजन कार्यक्रममार्फत देशभित्रका अनेकन भ्रष्टाचार, अनियमितता र व्यथितिकाबारेमा रुखो शैलीमा तीखो प्रश्न गर्दै आम नागरिकका मनमा यो मान्छे चैं गज्जब छ है भन्ने मान्यता स्थापित गर्न उनी सफल भएका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्दामा उनलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिंदा त्यहाँ उर्लिएका उनका शुभचिन्तक र अनुयायीहरुको भीड वास्तवमै गज्जब भन्ने लायककै थियो, जस्तातस्ता मै हुँ भन्ने नेता र सेलिब्रेटीका लागि डाहा गर्नेखालकै थियो । सम्भवतः त्यहि भीडको उल्लास देखेर उत्साहित भएका कारण नै होला उनले अब धमिलिएको राजनीतिलाई मै संग्लो बनाउँछु भनेर आँट गरेको ।

अहिले संगठन निर्माण र विस्तारका लागि भन्दै देश दौडाहमा रहेका रविका कार्यक्रमहरुमा देखिएको उल्लेख्य
उपस्थिति र त्यसमा पनि अझ जुर्मराउँदा जोशिला युवाहरुको जमात साँच्चै नै अन्य दल र नेताहरुका लागि आरिश लाग्दो छ । यो हुजुममा मान्छेका टाउका र संख्या मात्र होइन, त्यसभित्र उम्लिदैं गएको असन्तुष्टि, आवेग र आक्रोशलाई पनि पुराना दल र नेताहरुले बेलैमा बुभ्mन नसक्ने हो भने उनीहरुको अस्तित्व संकटमा पर्नसक्छ ।

यो क्रेज विगतमा सञ्चालन गर्ने टेलीभीजन कार्यक्रमकै कारण बनेको रविकोे छविका कारण हो भन्दा अतिशयोक्ति नहोला किनकी पार्टीको नेताका रुपमा उनले यो हदसम्मका अनुयायी बनाउने अभियान भर्खरै मात्र शुरु गरेका छन । शुभेच्छुक पाउनु, कार्यकर्ता कमाउनु र मतदाता रिझाउनु यी तीन वटै अलग कुरा हुन ।

त्यसैले अहिले नै उनको राजनीतिक शक्ति यति उति भनेर आँकलन गर्ने बेला भइसकेको छैन । लोकतन्त्रमा हरेक नेता र दलको हैंसियतको मापन भनेकै चुनावबाट हुन्छ । सम्भवत मंसिरमा हुने भनिएको संघीय र प्रदेशको चुनावमा रवि आपूm र आप् mना पार्टीका उम्मेदहरुलाई राजनीतिक अखडाका पुरा हेभिवेटहरुसंगको प्रतिष्पर्धामा कत्तिको बलियोसंग कत्तिको खरो रुपमा उतार्नसक्छन त्यो प्रतिक्षाकै विषय हो ।

वैकल्पिका शक्तिका रुपमा उदाउने उद्घोष गरेर रविलेझैं पत्रकारिता छाडेर राजनीतिमा होमिएका रविन्द्र मिश्रले भनेझैं जति नै मेन्यू पल्टाएपनि नेपालीले खाने आखिर मोःमो या चाउमिन नै हो भनेझैं आगामी चुनावमा मतदाताले मोःमो चाउमिन छाडेर पिज्जा बर्गर रोज्छन कि रोज्दैनन् भन्ने निष्कर्ष अहिले नै निकाल्नु मूर्खता हुनेछ ।
रविको अभियानको एउटा राम्रो पक्ष भनेको के हो भने विगतदेखिका पार्टी, आधा शताब्दीभन्दा लामो समयदेखि नेतृत्वमा रहेका पुरानै अनुहार र तिनका व्यथितिबाट आजित भएको अघिल्लो परिपक्व पुस्ता होस् या राजनीतिबारे उति चासो चिन्ता नराख्ने भर्भराउँदो जवानीसहितको अहिलेको युवा पुस्ता, यी दुबैबीचमा राजनीतिबारे चासो राख्ने, चिन्ता गर्ने, प्रश्न सोध्ने, आलोचना गर्ने, विरोध गर्ने संस्कार विकास क्रमिक रुपले हुँदै गएको छ ।

यो आफैमा नेपाली लोकतन्त्रका लागि सबल र सकारात्मक पक्ष हो । राजनीतिक चेत भनेको अन्धभक्त या अन्धविरोधीहरुको अमूर्त र एकपक्षीय भावना होइन, जो सानोतिनो विरोध र आलोचनामै भड्किन्छ । अहिले कसैले रवि लामिछानेको विरोध गरिदिने हो भने न्वारनदेखिको बल लगाएर विरोध गर्ने एउटा जमात एकैछिनमा खडा हुन्छ जसले विरोधका नाममा बहिष्कार र बन्देजको अभियान शुरु गरिहाल्छ ।

अर्कोथरि जमात भने आप्mना पुराना खोपीका देउतासरहनेताको जयजयकार गर्दै अर्को पक्षको खिसिट्यूरी गर्दै थपडी बजाउँदै बस्छ । कसैको रचनात्मक विरोध गर्नै नहुने या आलोचनात्मक प्रशंसा गर्नै नहुने यी दुबै अतिवादी सोच हुन । यस्तै अतिवादी सोचले हामी नागरिकले अहिलेको विकृत शासन व्यवस्था र दलीय दुरावस्था भोग्न परिरहेको छ । लोकतन्त्रमा विरोध र आलोचनाको पनि उत्तिकै महत्वपूर्ण स्थान हुन्छ र हुनुपर्छ । नेपालमा भीडको कथापनि बेग्लै छ ।

यो भीडले धेरैले उठाएर नेता पनि बनाएको छ, कसैलाई पाताल लोकपनि छिराइदिएको छ यो भीडले । भीडलाई व्याख्या गर्ने हो भने एकथरिले व्यंग्य गर्छन, डोजरले बाटो खन्दा त यहाँ हेर्ने हो भीड लाग्छ भन्दै । वास्तवमा त्यो पनि सत्य हो । यहि भीड २०४६ पछि कांग्रेस एमालेका पछाडि थियो । २०६४ मा यहि भीड माओवादीका पछाडि देखिथ्यो । अहिले यहि भीड स्वतन्त्र र वैकल्पिकहरुका अगाडि पछाडि देखिन्छ ।

नेपालको राजनीतिक अवस्था, मतदाताको राजनीतिक सुझबुझ र चेतनास्तर अनि आप्mनो धरातलीय यथार्थलाई नकेलाई, टिकटक र फेसबुक लाइभमा पाउने केहि लाइक र कमेन्टका लागि या सेलिब्रेटी फेसका अगाडि सेल्फी लिन मोबाइल लिएर खडा हुने भीडका भरमा राजनीति गर्छु भन्ने हो भने भीडको भर नपरौं, भीड त डोजरका अगाडि पछाडि पनि हुन्छ । र अर्को कुरा यस्तै भीडबाट निस्कने केहि स्वार्थी भाँडहरुले नै हो हाम्रो राजनीति र शासन व्यवस्थामा भाँडभैलो गराउने ।

नपत्याए हरेक राजनीतिक परिवर्तन पछाडि मुखुण्डो उघारिंदै देखिने नयाँ नयाँ अनुहार हेर्दा हुन्छ । जनजीविकाका सवालहरुलाई चटक्कै छाडेर, राजषी ठाँट र जीवन शैलीमा भूल्दै गएका कारण जनता, कार्यकता र मतदातासंगको दूरि बढाउँदै जाँदा पुराना दलहरु नेता, कार्यकर्ताको संख्या बढाउने होडमा हिजोका बागी, दागी, भ्रष्टाचारी, व्यभिचारी सबैलाई टीका अबिर लाएर चोख्याउँदै पार्टी प्रवेश गराएकै हुन्, नतिजा हाम्रा सामू ताजै छ ।

रविले पनि सुर्खेतको कार्यक्रममा गरेको उद्घोष अनुसार जनताका आधारभूत आवश्यक्ता र जनजीविकाका विषयलाई प्राथमिकता राख्नसके, त्यहि अनुसारका योजना र अवधारणामा मतदातालाई कन्भिन्स गर्नसक्ने हो र स्वार्थी र भाँडहरुको जमातलाई पार्टी ठूलो बनाउने नाममा पार्टी प्रवेश हैन आसपास भड्किन पनि नदिने हो उनको राजनीतिक इनिंग अलि लामो समय टिक्ला, नत्र आप्नो स्वार्थ अनुसारको भाँडभैलो मच्याउन त्यसपछि आउने अर्को कुनै नयाँ दल र नेताका अघिपछि लाग्ने भीड र भाँडहरुको कमी नभएको देश हाे ।

तपाईको प्रतिक्रिया