जनसम्पर्क समिति कोरियाको बिधान अधिबेशन सार्न माग, बेवास्था गरिए बहिस्कार गरिने !

काठमाण्डौ, २५ असार ।

नेपाली जन-सम्पर्क समिति द. कोरियाले आयोजना गर्न लागेको बिधान अधिबेशन बिवादित बनेको छ । यहि जुलाई १० तारिखमा गर्ने भनिएको बिधान अधिबेशन तकाल स्थगित गरेर सहमतिको वातावरण निर्माण गर्न अधिकांश पदाधिकारी, सल्लाहकार र केन्द्रिय सदस्यहरुले सभापति भजिन्द्र क्षेत्रीलाई आग्रह गरेका छन् । उनीहरुले सहमतिको आधारमा सभापति चयन भएको भन्दै सबैको भावनाको कदर गर्न र संगठनलाई बिधि बिधान अनुसार संचालन गर्न माग गरेका हुन् ।

भजिन्द्र क्षेत्री बिना प्रतिस्पर्धा सहमतिको आधारमा सभापति चयन भएका हुन । नेपाली कांग्रेसले अहिले सम्म अवलम्बन नगरेको विरोधावासपूर्ण विधान अधिबेशन/विधान सभा जस्ता शून्य विवेकशिलताले विधान संसोधनलाई जबरजस्ती अगाडि बढाउन खोजेको प्रती निवर्तमान सभापति तथा महासमिति सदस्यहरु, पुर्व सभापतिहरु तथा महासमिति सदस्य, सल्लाहकार, केन्द्रिय पदाधिकारी, महामन्त्री, क्षेत्रीय सभापति, केन्द्रिय सदस्यहरुले आपत्ति जनाएका छन ।

विधान अधिबेशनले प्रक्रिया र विधानत कार्यसमिति कै वैधानिकता माथी प्रश्न उठ्न सक्ने भन्दै छैठौ महाधिवेशनका विधान समिती लगायतले सचेत भएर विधानलाई सर्वपक्षीय रुपले संशोधन गर्नुपर्ने राय सुझाब राख्दै गर्दा पनि सभापतिले बेवास्ता गरेरै अगाडी बढ्ने देखिए पछि अधिनायकवादको संकेतले समितिलाई प्रभावित पार्ने देखिएको उनीहरुको दावी छ ।

अनुकुल समयको समेत ख्याल नगरी आपतकालीन जस्तै राखिएको भर्चुअल बैठकमा केन्द्रीय समितिका उपसभापति, महामन्त्री, केन्द्रिय सदस्यहरुले अहिले सम्म ड्राफ्ट समेत केन्द्रिय समितिलाई प्राप्त नभएको, पर्याप्त छलफल गर्ने समय नरहेको, सकृय रहेको छैठौ महाधिवेशन विधान संशोधन समिति लगायतको असन्तुष्टि र असहमति रहँदै आएकोले कार्यक्रम केही समय पछाडी सार्न गरिएको आग्रहलाई समेत बेवास्ता गरि एकलौटी ढङगले सभापति अगाडि बढ्ने संकेत देखिएपछि समितिको बैठक बाध्यात्मक ढंगले बहिष्कार गरेर बाहिरिनु परेको दुखेसो कार्यसमितिका पदाधिकारीहरुले व्यक्त गरेका छन् ।

त्यस्तै हिजो सम्पन्न बैठकमा आफ्ना कुराहरु राख्न नपाएको, बोल्न खोज्दा माइक नै बन्द गरिएको महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु र पदाधिकारीहरुले आरोप लगाएका छन् । सहमतिमा बनेको कार्यसमितिले सर्वपक्षीय र सर्वस्विकार्यतालाई प्रधानता दिनुको सट्टा अधिनायकत्व लाद्ने प्रबृत्ति देखिनु अत्यन्तै दुखद रहेको उल्लेख गर्दै नेजससको बिधानले नै निर्दिष्ट नगरेको विधान अधिबेशनले संगठनमा गलत परम्परा र गलत संस्कार स्थापित हुने प्रति तत्कालिन निर्वाचन समितिले समेत चिन्ता व्यक्त गरेको छ ।

सुरुवातबाट सचेत गराउदै आएपनि बहुमत कार्यसमिति पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिहरुलाई बेवास्था गर्दै अगाडी बढेको र बिधान बिपरित एकतर्फी ढंगले गरेको गल्तीलाई ढाक छोप गर्न विधान अधिवेशनको नाटक मन्चन गरिएको बताईएको छ । नेपाली कांग्रेसका एक केन्द्रिय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन् ‘त्यहाको नेतृत्वले सबैलाई समेटेर आपसी सहमतिमा अगाढि बढ्नुपर्छ । यदि विवाद बढ्दै गयो भने केन्द्रले हस्तक्षेप गर्न समेत सक्नेछ ।’

विधान अधिवेशनमा प्रमुख अतिथीको रूपमा भर्खरै सम्पन्न कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा लज्जास्पद हार व्यहोरेका प्रदिप पौडेलले सम्बोधन गर्ने बताईएको छ । उनि सिटौला गुटका नेता हुन् । कार्यक्रम विवादित हुंदा हुँदै पनि उनले ‘आफ्ना मान्छे’हरूका आग्रहलाई नकार्न नसकेको भन्दै टार्दै आएका छन् । बिवादित कार्यक्रममा आफ्नो स्वार्थलाई हेरेर उनि सभागी हुन लागेको आरोप छ ।

तपाईको प्रतिक्रिया