दिलिप ढकाल
गुर्भाकोट । सल्यानको कालिमाटी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।गाउँपालिकाो कार्यालयमा उनीहरुले सपथ लिएका हुन् । नब निर्वाचित अध्यक्ष दान बहादुर केसीले खलङ्गामा जिल्ला न्यायधिश मार्फत सपथ ग्रहण गरे लगत्तै गाउँपालिाको कार्यालयमा पुगेर पालिका उपाध्यक्ष सनसिलता वलीसहित सम्पुर्ण जनप्रतिनिधिलाई सपथ गराएका हुन् ।
एक वडामा अध्यक्ष सहित् ५ जना जनप्रतिनिधि निर्वाचित हुने भएकाले ७ वटा वडाका वडा ३५ जना निर्वाचित जनप्रतिनिधिसहित पालिका अध्यक्ष र उपाध्यक्ष गरि ३७ जनाले सपथ लिएका हुन्।
साथै कालिमाटी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्रीले पालिका अध्यक्ष दान बहादुर केसी र उपाध्यक्ष सनासिलता वली डिसी लाई पदबहाली पनि गराइ ।
युग संवाददाता । । ७ जेष्ठ २०७९, शनिबार १५:५७