हुम्लामा प्रहरीमाथि ढुंगामुढा भएपछि ७ राउण्ड गोली चल्यो, मतदान अधिकृतसहित २ जना घाइते

हुम्ला । हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ । स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।

ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । यस्तै  अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि अदानचुली गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा विवाद भएको थियो ।

ढुंगा हानाहान हुँदा दुई जना घाइते भएको स्थानीय नन्दराज शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया