पुर्व मन्त्री बस्नेत सवार गाडी दुर्घटना, बस्नेत सहित १० जना घाइते

 

दुर्गा विसी

सल्यान । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् भने बस्नेतको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।

सल्यानबाट दाङतर्फ जाँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना.अ.प ९४१ नम्बरको एम्बुलेन्ससँग बहीबार बिहान ११ बजे ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको हो।

घाइते बस्नेतको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया