हुम्लामा मौन अवधि भित्र कतै तोडफोड कतै झडप, कार्यकर्ता घाइते

हुम्ला । हिमाली जिल्ला हुम्लामा मौन अवधि सुरुभएपनि तोडफाडका घटनाहरु घटिरहेका छन् । कतै घरहरु तोडफोड भएका छन भने कतै झडप भएका हुन्
जिल्लाको अदानचुली गाउँपालिकामा १० बजेबाट मौन् अवधि सुरु हुने प्रहीले जनाएको थियो । मौन अवधिपछि पनि अदानचुली गाउँपालिका–२ को साउबाडा बस्तीमा एमालेबाट अध्यष र उपाध्यष पदका उम्मेदवारहरु घर भेटघाट गरिरहेको समयमा झडप भएको छ । पाँच दलिय गठबन्धनको टोलीले गुप्तचरका रुपमा हेरिरहेको अबस्थामा एमालेका नेता तथा कार्यक्रताहरुका किन हाम्रो पार्टीको घरदैलो भइ रहेका समयमा किन गुप्तचरको काम गरेको भन्दै प्रश्न गर्दा विवाद भएको बताइएको छ ।

उक्त क्षेत्र भित्र रहेका स्थानीयको घरमा समेत क्षती भएको छ । यस्तै अदानचुली–१ को माथिल्लो गाउँमा माओवादी केन्द्रका माथिल्लो तहका नेता आफै संलग्न भइ नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदावर दिपक थापाको घर घेराउ गरि क्षत्री गरेको बताइएको छ ।

वडा अध्यक्ष दिपक थापाको घर भित्र घर परिवार सहित एमालेका कार्यकर्ताहरु बसी रहेको अबस्थामा गुप्तचरको रुपमा केही कार्यकर्ता भेटाएको र उक्त कार्यकतालाई किन आएको भन्दै विवाद भएको स्थानीयले बताएका छन् ।

माओवादी नेता मान बहादुर थापाले ३०–४० जनाको टोली ल्याएर आएका थिए,’ एक स्थानीयले भने,‘ उक्त टोलीले बाहिर निस्क भन्दै धम्की दिएको र बाहिर ननिस्के पछि टाढेबाट ढुंगा हान्दा घरमा केही क्षती भएको वडा अध्यक्षका उम्मेदवार दिपक थापाले जानकारी दिए ।

सो बिषयलाई छलफल र स्थलगत मुचुल्का गर्न नेपाल प्रहरी, ससस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ हिडेको छ ।

 

तपाईको प्रतिक्रिया