सल्लीबजारमा काँग्रेस उपसभापति खड्काद्वारा गठबन्धन भन्दा दायाँबायाँ नगर्न कार्यकर्तालाई निर्देशन

दुर्गा विसि
सल्लीबजार, २७ बैशाख ।
सल्यान पश्चिमको सल्लिवजारमा गठबन्धनको चुनावी ¥याली आयोजना गरिएको छ । करिव दुईसय बढी मोटरसाइकल सल्लिवजार लगायतका स्थानको परिक्रमा गरेका थिए । उक्त रयालीको नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णवहादुर खड्काले सम्बोधन गरेका थिए ।

खड्काले गठबन्धन दल बाहिर स्वतन्त्र उम्मेदवारी, प्रस्तावक, समर्थक र प्रचारप्रसार गरेको भेटिए सदस्यता खारेजीमा पर्ने जनाए । सकभर गठबन्धन दलभित्र र मित्रवत प्रतिस्पर्धा भए आ–आफ्नो चिन्हमा मतदान गर्न निर्देशन समेत रहेको थियोे ।

अझै समय बाँकी रहेकोले स्वतन्त्र उम्मेदवारले आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै पार्टी र आफ्नो अस्थित्व बचाउन अपिल गरिएको छ । पार्टी निति, विधि उपर जाने जो कोहि कार्यकर्ता अनुशासनको कारवाहीमा ५ वर्षसम्म साधारण सदस्य नरहने जनाएको छ ।

सुर्खेत सिम्ताको जामुने वजारमा गठबन्धन दलको चुनावी सभा सकेर बनगाड कुपिण्डे नगरपालिकाको सल्लिवजारमा आयोजित चुनावी रयाली तथा सभालाई नेता खड्काले सम्वोधन गरेका थिए ।

गठबन्धन दललाई जिताउन हँसिया हथौड़ा, कलम र रुख चिन्हमा मतदान गर्न उनको विशेष जोड रहेको थियोे । नेकपा एमालेका अध्यक्ष केपि वलिको अशान्तिपुर्ण कदम, अलोकतान्त्रिक कदम, संविधान च्युत गर्ने र देशमा सर्वसत्तावाद लाद्ने प्रवृत्तिका विरुद्ध गठबन्धन बनेको उनको जिकिर थियोे ।

आज हामीहरु सबै एक ठाउँमा आउनुको अर्को कारण केपिको पश्चगमन विरोधी गतिविधि साइजमा ल्याउन तथापि बाँकी रहेको शान्ति प्रक्रिया तथा देशमा अमन चयन र सम्वृद्धिको ढोका खोल्नका लागि गठबन्धनसहित चुनावी मैदान होमिएकाले यसका विरुद्ध कुनै पनि कार्यकर्ता दायाँ बायाँ नगर्न आह्वान गरिएको छ ।

चुनावी रयालीलाई गठबन्धन तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका कर्णवहादुर वुढाथोकी (छहारी), उप मेयरका उम्मेदवार नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य, नेकपा समाजवादीका नगर अध्यक्ष रविराज शर्मा, माओवादी केन्द्र पार्टी अध्यक्ष किर्तीवहादुर राना, नेपाली कांग्रेसका निवर्तमान जिल्ला कार्यसमिति सदस्य दुर्गा खड्काले सम्वोधन गरेका थिए । गठबन्धन दलका अधिकांश बोल्ने नेताहरुले गठबन्धनको जित भैसकेको तर आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको दावि गरेका थिए ।

तपाईको प्रतिक्रिया