यसरी बन्दै छ लेकबेशीमा गठबन्धनका मेयर पदका उम्मेदवार पौडेलको पक्षमा जनाधार

सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा लेकबेशी नगरपालिकामा नेपाली कांग्रेसको जनाधार बढिरहेको छ । अर्काे अर्थमा लेकबेशी नगरपालिका नेपाली कांग्रेसमय बनेको छ ।
दश वटा वडा रहेको नगरपालिकामा पछिल्लो समय अन्य पार्टी छोडेर कांग्रेसमा समाहित हुने र नगरप्रमुख पदका उम्मेदवार उमेश कुमार पोडेललाई समर्थन गर्नेहरु दिनप्रतिदिन बढेका छन् । नगरवासीले समाजसेवी, विकासप्रेमी र सक्षम युवाको नामले परिचित छन् पौडेल । जसले गर्दा पनि उनीप्रतिको आकर्षण बढेको हो ।
विद्यार्थी जीवनकालबाटै राजनीतिक यात्रा सुरु गरेका पौडेल नेतृत्व हाँक्न सक्ने सक्षम युवा नेता हुन् ।

बौद्धिक र क्षमतावान भएकै कारण कांग्रेसको महाधिवेशनबाट विवाद रहित नगरसभापति पद सम्हाल्न पुगे । पूर्वाग्रह नगरी सवैलाई मिलाएर लैजान सक्ने कला उनीसंग छ । जसले गर्दा पनि उनले नेतृत्व गरेका संघ, संगठन चुस्त, दुरुस्तरुपमा अघि बढेका ज्वलन्त उदाहरण छन् ।

त्यसैले पनि यसपटक लेकबेशी नगरको नेतृत्व सम्हाल्ने आँट उनले गरेका छन् । नागरिकले उनी जतिको सक्षम नेतृत्व नपठाए कसलाई पठाउने ? एक पटक नगरवासीले मनन् गर्नु आवश्यक छ । यसै क्षेत्रका स्थानीय नागरिक भएकाले पनि उम्मेदवार पौडेलले लेकबेशीको भौगोलिकता, अवस्थाका बारेमा राम्रोसंग बुझेका छन् । यस क्षेत्रका नागरिकको आवश्यकता र मागसंग पनि उत्तिकै नजिक छन् ।

नगरको अधिकांश नागरिक कृषि पेशामा संलग्न भएको हुदाँ पनि कृषिलाई आधुनिकीकरण लगाएत प्रविधियुक्त कृषि बनाउने स्पस्ट योजना उनीसंग छ ।
युवासंग परिचित पौडेलले युवाहरुका समस्या राम्रैसंग पहिचान गरेका छन् । जसले गर्दा पनि उनले बेरोजगार युवाहरुलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने योजनाको खाका तयार पारिसकेका छन् । कृषि, उद्योग लगाएतका क्षेत्रमा रोजागारी सिर्जना गर्ने उनको अठोट छ । त्यत्तिमात्रै नभएर वैदेशिक रोजगारीमा गएकाहरुलाई गाउँ फर्काएर स्वदेशमै रोजगारी सिर्जना गर्ने ल्याकत उनले राख्छन् ।

नगरवासीको खानेपानी, सडक, विद्युत, स्वास्थ्य, शिक्षा लगाएतका समस्या पहिचान गरी समाधानको उपाय खोज्न सक्ने बौद्धिक सक्षमता उनीमा भेटिन्छन् । नगरको पर्यटनसंग सम्बन्धित सम्भावित क्षेत्रलाई समेत पहिचान गरी संरक्षरण र प्रवर्धन गर्नसक्ने योजना उनीसंग छ । लेकबेशीको विकास र समृद्धीका लागि खाका कोरिसकेको भन्दै उम्मेदवार पौडेलले नगरको नेतृत्वमा एक पटक अवसर दिन लेकबेशीवासीमा अनुरोध गरेका छन् । पछिल्लो समय कांग्रेसमा समाहित र आर्कषण हुनेको लहर बढेकाले जित नजिक पुगेको उनी निटक समर्थक बताउँछन् ।

‘एमालेबाट निर्वाचित मेयर उपमेयरको पाँच वर्ष उपलब्धि मूलक नभएर पनि होला अहिले कांग्रेसप्रतिको विश्वास बढेको छ’ लेकबेशीका अमर थापा भन्छन्,‘गठबन्धनका उम्मेदवार उमेश जीसंग लेकबेशीको विकास र समृद्धिका लागि चाहिने योजना बनाउन सक्ने सक्षम युवा हुनुहुन्छ, त्यो भएर पनि कांग्रेसमा जनलहर बढेको छ।’

समृद्ध नगर, सुखी नगरवासी’ गराउन कै लागि भएपनि यस पटक गठबन्धनका उम्मेदवार पौडेललाई नगरको नेतृत्व सम्हाल्ने मौका दिनु तपाई, हाम्रो कर्तव्य हुने देखिन्छ ।

एमालेका निर्वाचित जनप्रतिनिधिबाट निराश नगरवासी

०७४ को निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको लेकबेशी नगरपालिकामा नतिजामुखी उपलब्धि नदेखिएपछि यसक्षेत्रका नागरिक निराश बनेका छन् । एमालेबाट मेयरमा निर्वाचित गगनसिं सुनार र उपमेयर शान्ति कुमारी छन्तेलसहित वडाहरुमा बर्चश्व जमाएको एमालेका जनप्रतिनिधिले नगरमा विकासको पूर्वाधार निर्माण लगाएतका कामले गति लिन नसकेको स्थानीयको भनाई छ ।

यतिसम्म की नगरका मेयर र उपमेयरले जनताको सेवा प्रवाह गर्ने थलोलाई व्यवस्थित गर्न सकेनन् । पाँच वर्षमा निर्वाचित जनप्रतिनिधिले नगरकार्यपालिकाको दीर्घकालिन भवन बनाउन सकेनन् । अस्थायी भवनबाटै पाँच वर्ष गुजारे, बिताए । पाँच वर्षको अवधिमा जनताले सम्झन लाएक र दीर्घकालिन विकास निर्माणको काम सिन्को भाँचिएन् । यो पाँच वर्षमा मेयर र उपमेयरले कामै नगरेका भने होइनन् । काम त गरे केवल आफ्ना घरपरिवारका सदस्य, नातागोता, पार्टीका कार्यकर्तालाई नगरपालिका र वडा कार्यालयहरुमा भजाए अर्थात जागिर खुवाउने काम गरेको स्थानीयको गुनासो छ ।

त्यत्तिमात्रै होइन जनताका सुखका दिन आउने भन्दै कुर्सीमा पुगेका वडाअध्यक्ष, मेयर र उपमेयरको दैनिकी भने फेरिएका छन् । दैनिकी मात्रै होइन जनताको काम गर्ने थलो नगरकार्यपालिकाको भवन पक्कि नबनाएका जनप्रतिनिधिले आफ्ना घर पक्कि बनाएका छन् । कतिले बनाउँदैछन् ।
यद्यपी, एमालेबाट निर्वाचित वडाअध्यक्ष भने सन्तोष जनक कार्यकाल बितेको बताउँछन् । ‘पाँच वर्षमा केही भएन भन्ने हुदैँ होइन’ ति वडाअध्यक्षले भने,‘जति जनताको अपेक्षा थिए, ति पुरा गर्न नसकिएको साँचो हो ।’ पाँच वर्षको कार्यकालमा सिन्को भाँच्न नसकेका जनप्रतिनिधिले विश्वास गुमाएपछि यस क्षेत्रका नागरिक यसपटक भने विकल्पको खोजीमा छन् । एमालेकै कार्यकर्ता यो निर्वाचनमा मत कसलाई दिने विकल्प खोजिरहेका छन् ।

‘आफ्नै पार्टीका मेयर, उपमेयर भएर के काम लाग्यो र ? प्रश्न गर्दै लेकबेशीका स्थानीय रणबहादुर बुढाले भने,‘नगरभित्र मेयर र उपमेयरले सम्झिन लायक कुनै कामै गर्न सकेनन्, आफु निटकका व्यक्तिलाई जागिर खुवाउने बाहेक जनताका लागि केही माखो मारेनन् ।’ एमाले निकट उनी यसपटक कांग्रेसलाई भोट दिने मनसायमा देखिएका छन् । भन्छन्,‘युवा हो, पढेको, बुझेको छ, केही गर्ने सोच, योजना छ, तेरो, मेरो पार्टी नभनेर यसपटक उमेशलाई भोट दिने विचार गरेको छु ।’

नगरमा योग्य र सक्षम नेतृत्व आउनुपर्ने उनको भनाई छ । पार्टीगत भन्दा पनि क्षमतावान व्यक्तिलाई नेतृत्वमा ल्याउन आम नागरिकलाई उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया