क्याम्पस पढ्दा बसेको माया

धेरै व्यक्तिहरुका सम्बन्ध सँगै पढ्दा पढ्दै हुने गर्दछ । साथीका रुपमा रहेका व्यक्तिहरु प्छि जीवन साथीको रुपमा परिणत भएका घटना छन् । व्यवहार मिल्नेहरु एकअर्कामा आकर्षित हुन्छन ।

चिनजान हुन्छ, चिनजानपछि त्यो सम्बन्ध बिवाहमा समेत परिणत भइदिन्छ । यस्तै भयो सुर्खेतको लेकवेशी नगरपालिका दीपक घिमिरे र सीता भट्टराईको जीवनमा पनि ।

क्याम्पस पढ्दा चिनजान भयो । साथी बने । अनि माया बस्यो । त्यसपछि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

क्याम्पस पढ्दा मन पर्यो
दीपक एसएलसी पासपछि सुर्खेतको अमरज्योती माविमा इन्टर लेवल पढ्न आए । उनी १२ कक्षा पढ्दै थिए । सीता पनि त्यही माविमा ११ मा पढ्ने रहेछिन ।

पहिलो दिन दीपकले सीतालाई देखे । अति आकर्षक मानेर मनमा कति राम्रो मान्छे भनेर सोचे । संधै विद्यालयमा भेट, देखादेख भइरहन्थ्यो । तर बोलाचाली भने भएको थिएन ।

दीपकलाई कुनै न कुनै बाहनामा बोल्ने इच्छा थियो । तर संयोग चाहीँ परेको थिएन । एकदिन परीक्षा फर्म भर्दा सँगै फर्म भर्ने मौका पर्यो । अनि फर्म भर्न सहयोग गरेका दीपकले पहिलो पटक बोलाएका थिए । उनीहरुको चिनजान भएको २०६४ सालमा हो ।

बोलाचाली भएपछि भने उनीहरु एकअर्काबिचमा साथीजस्तै भए । सँगै क्याम्पस जाने, सँगै आउने गर्न थाले । दीपकलाई पहिलो भेटमा नै सीता मन परेको थियो । जीवनको सहयात्री बनाउने सोच उनले बनाईसकेका थिए । तर त्यो कुरा भन्न सकेका थिएनन ।

सीताले पनि उनलाई मन पराएकी रहेछिन । तर त्यस सम्बन्धि केही पनि कुरा उनले भन्ने गर्थिनन । दुबैजना सँगै आउने, जाने गरेपछि भित्रभित्रै उनीहरुका मनमा मायाँका पालुवाहरु पलाउन थालिसकेका थिए ।

अनि प्रेम प्रस्ताव
उनीहरु सँगसँगै हिड्ने, सँगसँगै क्याम्पस जाने नियमित जस्तो थियो । दीपकले त शुरुदेखिनै सीतालाई जीवन साथी बनाउने सोच बनाएका थिए । देख्दा आकर्षक सीताको हरेक कुरा उनलाई मन पर्दै गयो ।

सीताले पनि उनलाई मन पराएकी रहेछिन । एकदिन दीपकले आफ्नो मनको कुरा सुनाउँदै आफुले मन पराएको कुरा सीता सामु व्यक्त गरे । प्रेम प्रस्ताव राखिरहँदा दीपकलाई डर लागिरहेको थियो । मेरो प्रस्ताव स्वीकार हुन्न की भन्ने चिन्ता पनि थियो उनी भन्छन ।

यता सीतालाई भने प्रेम प्रस्ताव आएपछि मनमा धेरै कुराहरु खेल्न थाले । तत्काल उनले केही जवाफ दिन सकिनन । अनि उनी घरमा पुगेर धेरै कुरा सोचित आफ्नो लागि उपयुक्त जोडी बन्ने निश्कर्ष निकालिन ।

दीपकलाई भने आफ्नो प्रस्ताव स्वीकार हुन्न की भन्ने चिन्तामै त्यो रात बिताएका थिए । तर केहीदिनपछि सीताले प्रस्तावलाई स्वीकार गर्दै आफुले पनि माया गरिरहेको बताइन । अनि दुबैजना साथीबाट प्रेमी प्रेमिका बने ।

प्रेम अनुभव
जब उनीहरु प्रेमी प्रेमीका बने । एकअर्कालाई खुब्बै माया र साथ दिन्थे । भविष्यको बारेमा पनि सल्लाह गर्थे । एकदिन मात्रै पनि भेट भएन भने उनीहरुलाई के बिर्सिएको जस्तो हुन्थ्यो ।

बिदाको समयमा दुबैजना घुम्न रमाइला ठाउँहरुमा पनि जाने गर्थे कहिले, काँही फेरी दुबै जनाको झगडा हुन्थ्यो । तर त्यो झगडा केही समयमै मायामा परिणत हुन्थ्यो ।

रिस उठेपनि मनमा केही समयमै माया पलाउथ्यो । ती पलहरु रमाइला थिए । उनीहरु भन्छन । एक्लै भएर केही स्वादिष्ट खाना खानुपर्यो भने धेरै याद आउथ्यो । उनीहरु एकअर्कालाई हरेक क्षण विर्सन सक्थेनन ।

त्यसपछि बिवाह
उनीहरु ति बर्षसम्म प्रेमी प्रेमिकाको रुपमा रहे । झनै माया बढ्दै गयो । हरेक क्षण याद आउन थाल्यो । दुबैजना एकअर्कामा छुट्टीएर बस्न नसक्ने अवस्थामा पुगेपछि बिवाह गर्ने निर्णयमा पुगे ।

अनि तीन बर्षको त्यो माया प्रेमपछि उनीहरुले २०६७ सालमा बिवाह गरे । बिवाह गरेर घरमा गए । घरमा जाँदा सीतालाई बिरानो गाउँ, बिरानो ठाउँ लागिरहेको थियो । घरमा बुहारीको भूमिका निर्वाह गर्नुपर्ने अप्ठेरो महसुस भइरहेको थियो । अनि उनी विस्तारै घुलमिल हुँँदै गइन ।

पढ्दा पढ्दै बिवाह गरेको भन्दै दुबै परिवारमा असन्तुष्टी पोखेका थिए । दुबै परिवारले उनीहरुलाई टर्चर दिन थालेपछि उनीहरु वीरेन्द्रनगर आए । भर्खरै बिवाह गरेको नयाँ जोडी राम्रो रमाईला ठाउँमा हनिमुन मनाउन जानुपर्छ भन्ने सोच त उनीहरुमा थियो । तर त्यतिबेला हनिमुन मनाउने चलन थिएन । उनीहरु हनिमुन मनाउन गएनन ।

संघर्ष
बिवाहपछि उनीहरुले आफ्नो भविष्यको रेखा कोर्दा धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । अर्कोतर्फ पढ्दा पढ्दै बिवाह गरेको भन्दै घरपरिवारले उनीहरुलाई सहयोग गरेका थिएनन् । उनीहरु आफ्नो पढाई पुरा गर्न आर्थिक अभाव झेल्नुपरेको थियो । अनि दीपकले नीजि विद्यालयमा पढाउँदै पढ्दै गरे ।

घरपरिवारको आर्थिक अवस्था भने दुबैको राम्रो थियो । तर उनीहरुले सहयोग नपाएपछि धेरै संघर्ष गरे । आफ्नो पढाईलाई निरन्तरता दिए । बिहान बेलुकी पढ्ने र दिउँसो नीजि विद्यालयमा पढाउँदा धेरै मेहेनत गर्नुप¥यो । आफ्नो खर्च जुटाउनुपर्ने एकातिर र पढाई पुरा गर्नुपर्ने अर्कोतिर थियो ।

यही संघर्षका कारण उनीहरुलाई सफलताको बाटोमा पु¥यायो । दीपक २०७१ सालमा भदौमा निमावि तहको स्थायी शिक्षकमा नाम निकालेर बराहताल गाउँपालिकाको सरस्वती माबिमा पढाउन थाले । उता सीताले पनि संस्थागत विद्यालयमा पढाउने मौका पाइन । अनि उनीहरुको जीवन सहज हुँदै गयो ।

दीपकलाई फेरी अर्को सफलता प्राप्त भयो । उनले २०७६ सालमा माबि तहको स्थायी शिक्षकमा नाम निकालेर मालिका माबि चिङ्गाड मटेलामा गए ।

अहिले उनी त्यही विद्यालयको प्रधानाध्यापक भएर काम गरिरहेका छन् । भने सीताले शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छन । उनीहरु भन्छन । सफलता प्राप्त गर्न विश्वास र संघर्ष आवश्यक छ ।

बाल्यकाल
बुवा शशिधर घिमिरे र आमा अम्रता घिमिरेको कोखबाट वि.स. २०४६ असार २१ गते सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. १० मा दीपक घिमिरेको जन्म भएको हो । उनी घरको माइलो छोरा हुन ।

उनका तीन भाई चार बहिनी थिए । दीपकको बुवा कृषि पेशा गर्थे । बाल्यकाल गाउँमै विताएका दीपकले कुनै अभाव झेल्नुपरेन । उनले सानो कक्षा गाउँकै खाडदेवी माबि चौरासेमा पढेका हुन ।

त्यही माबिबाट एसएलसी २०६२ सालमा एसएलसी पास गरेका उनले प्लस टु भने अमरज्योती माबि नेवारेबाट गरेका हुन । उनले सुर्खेत क्याम्पसबाट मास्टर्स गरे भने मध्यपश्चिम विश्वविद्यालयबाट पन मास्टर्स गरेका छन् । गम्भिर र मेहनती स्वभावका दीपकले सामाजिक काममा समेत रुची राख्ने गर्दछन ।

यता, बुवा नरहरी भट्टराई र आमा बिष्णुदेवी भट्टराईको कोखबाट वि.स. २०४८ साल असोज १८ गते सुर्खेतको लेकवेशी नगरपालिका लेकफर्सामा सीता भट्टराईको जन्म भएको हो । उनी घरकी साइली छोरी हुन ।

सीताका एक भाइ चार बहिनी छन् । उनको बुवाले शिक्षक पेशा गर्दथे । सानैदेखि सालिन र सरल स्वभावकी उनको बाल्यकाल गाउँमै बित्यो । गाउँकै माबिमा पढेकी उनले एसएलसी पास गाउँबाट नै गरिन । प्लस टु भने अमरज्योती मावि नेवारेबाट गरेकी हुन । उनी अहिले मास्टर्स पढ्दै छन् ।

तोर बहादुर मल्ल र आमा शान्ति मल्लको कोखबाट वि.स. २०३८ साल असोज महिनाको १० गते सुर्खेतको गुर्भाकोट नगरपालिका १२ दहचौरमा चन्द्रा कुमारी चन्दको जन्म भएको हो ।

सानैदेखि मेहेनती हुने अलि चन्चले थिइन । उनको बाल्यकाल पनि गाउँमै वित्यो सानो कक्षा पनि गाउँमै पढेकी उनले माध्यमिक शिक्षासम्म मात्र पढेकी छन् । उनी सामाजिक काम गर्न धेरै मन पराउने गर्छिन ।

प्रेम अनुभव
यो जोडी हरेक काम सल्लाहमा गर्ने गर्दछन । समय मिलाएर विभिन्न ठाउँमा घुम्न पनि जान्छन । घरको काम गर्दा पनि एकअर्काको सहयोगी भएर गर्छन । उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ ।

उनीहरुको बिवाह भएको करिब १२ बर्ष भयो । तर अहिलेसम्म झगडाभन्दा धेरै माँया भएको छ । सानैदेखि लाएको माया दिगो हुने रहेछ भन्ने उनीहरुको अनुभवले भन्छ ।

उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुन्छ ।

उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाव दिन्छन ।

तपाईको प्रतिक्रिया