लोक दोहोरी गीत प्रतियोगिता हुँदै

काठमाडौं, १६ चैत्र ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता शुरु हुँदैछ । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा प्रतियोगिता हुन लागेको हो ।

चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका गरी ७० समुहले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा पहिलो हुनेले २ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट दुई पुरुष र महिला कलाकारका साथै उत्कृष्ट भेषभुषा र अनुशासित समुहलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया