लागुऔषध सहित एक युवा पक्राउ

सुर्खेत, १९ चैत्र ।
लागु औषध सहित एक जना युवा वीरेन्द्रनगर भावर पुल नजिकबाट पक्राउ परेका छन् । वीरेन्द्रनगर–७ बस्ने बर्ष २५ का प्रेम बहादुर दमाईलाई शंकास्पद रुपमा लागु औषध जस्तो देखिने पदार्थसहित पक्राउ अनुसन्धान भैरहेको जनाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय लागु औषध व्यूरो कार्यालयबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकसहित ५३० मिलिग्राम र शुद्ध २५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । पक्राउ परेका दमाईलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भैरहेको जनाइएको छ ।






