२०८३ आश्विन १८ गते
×

Now Playing

कराचीमा ग्रिनेड हमला, एकै परिवारका ११ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको कराचीमा भएको ग्रिनेड हमलामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

हमलामा परी ज्यान गुमाउनेमा एकै परिवारका सदस्य रहेको बीबीसीले जनाएको छ। जसमा ६ महिला र चार बच्चा रहेका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। मिनी ट्रकमा सवार भएको परिवार विवाहमा सहभागी भएर फर्किँदै थियो।

सुरुमा सिलिन्डर विष्फोट भएर दुर्घटना भएको भनिए पनि घटनास्थलमा ग्रिनेड नै विष्फोट भएको प्रमाण पाइएको कराची प्रहरीले जनाएको छ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहका सल्लाहकार मुर्तजा वहाब सिद्दीकीले ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

कराचीमा ग्रिनेड हमला, एकै परिवारका ११ जनाको मृत्यु

तालिबान लडाकु राजधानी काबुल नजिक पुग्यो

कराचीमा ग्रिनेड हमला, एकै परिवारका ११ जनाको मृत्यु

‘तालिबान सफल हुनुको मुख्य कडी हतियार कब्जा’

Leave a comment

Your email address will not be published. Required fields are marked *