कर्णालीका ५५ प्रतिशत नागरिकले अझैं पाएनन् कोरोनाविरुद्धको खोप

सुर्खेत : कोरोना महामारी फैलिएको दुई बर्ष पुरा हुँदैछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट खोप अभियान थालिएको पनि एकबर्ष पुरा हुँदैछ । तर महामारी अझंै अन्त्य भएको छैन ।

कोरोनाको दोस्रो लहर अन्त्य नहुँदै विश्वका अधिकांश देशमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणले त्रास बढ् दो छ । पहिलो र दोस्रो लहरको तुलनामा तेस्रो लहर (ओमिक्रोन) झनै खतरापूर्ण रहेको विज्ञहरुको चेतावनी छ । यहीकारण नेपाल सरकारले बिहीबारदेखि नै ओमिक्रोनको संक्रमण रहेका देशहरु हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाएको छ ।

प्रतिबन्ध लगाउँदैमा नेपालमा संक्रमण आउँदैन भन्ने अवस्था छैन । कारण छिमेकी मुलुक भारतमा ओमिक्रोनको संक्रमण देखा परिसकेको छ । भारतबाट हप्तादिनमै संक्रमण नेपालमा आइपुग्ने खत्तरा छ । भारतमा संक्रमण फैलिएको खण्डमा कर्णाली प्रदेश सबैभन्दा उच्च जोखिममा पर्छ । कर्णालीका अधिकांश नागरिक रोजगारीका लागि भारतमै छन् । भारतमासंक्रमण उच्च भए नेपालीहरु गाउँ फर्कने भएका कारण कर्णाली संक्रमण आइपुग्न धेरै समय लाग्दैन। यहीकारण संक्रमणबाट बच्न कर्णालीमा उच्च सतर्कता अपरिहार्य छ ।

तर ओमिक्रोनको जोखिम बढिरहँदा कर्णाली प्रदेशमा भने कोरोनाविरुद्धको खोप अभियान भने निकै सुस्त देखिएको छ । कर्णालीमा अझैं ६ लाख ६५ हजार नागरिकले खोपपाएका छैनन् । साढे आठ महिनाको अवधिमा साढे तीनलाख नागरिकलाई मात्रै पूर्ण खोप लगाइएको सरकारले झण्डै ५५ प्रतिशत नागरिकलाई तत्काल खोप दिन सक्ने अवस्था छैन । प्रदेशका कुल १७ लाख ९६ हजार आठसय २२ जना नागरिकहरु मध्ये १२ लाख तीन हजार दुईसय ८८ जनालाई कोरोनाविरुद्धको खोप आवश्यक छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार हालसम्म ४५ प्रतिशत अर्थात पाँच लाख ३८ हजार दुइसय ७० जना नागरिकले मात्रै खोप पाएका छन् । तिमध्ये एकलाख ६४ हजार ६ सय ५२ जनालाई कोरोनाविरुद्धको दोस्रो खोप लगाउन बाँकी छन् । निर्देशनालयको तथ्याङ्क अनुसार २१ प्रतिशत अर्थात तीन लाख ७३ हजार ६ सय १८ जना नागरिकले मात्रै पूर्ण खोप पाएका छन् । निर्देशनालयले भने संक्रमणको त्रास बढेपछि बल्ल खोप अभियानलाई तीव्र पार्ने तयारी गरेको छ ।

‘अहिले गाउँ–गाउँमा कोरोनाविरुद्धको खोप अभियान थालिएको छ’ पारिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले भने, ‘ जतिसक्यो छिटो सबै नागरिकलाई खोप लगाउने प्रदेशको लक्ष्य छ ।’ कोरोना संक्रमणबाट नागरिकलाई बचाउने उद्देश्यले सबै जिल्लाहरुमा कोरोनावरुद्धको खोप अभियान तीव्र पारिएको डाक्टर खड्काले बताए । प्रदेशमा संक्रमण भित्र्रिन नदिन मुख्य नाकाहरु (सुर्खेतको बबइ र कुइने तथा सल्यानको कपुरकोट) मा चेकचाँजमा कढाई गरिएको छ ।

बबइ नाका चेकजाँचका लागि जनशक्ति थपिएको छ भने कुइने र कपुरकोटमा नियमित चेकजाँच गर्न निर्देशन दिइएको हो । त्यस्तै जोखिम कम गर्न छिट्टै ‘बुष्टर जोड’ लगाउने तयारी पनि गरिएको छ । केन्द्रको निर्देशन पाउन वित्तिकै बुष्टर जोड लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयको तयारी छ ।

जोखिमपूर्ण क्षेत्रमै खोप न्यून

सल्यानको कपुरकोट गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र भेरीगंगा नगरपालिका कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा छन् । प्रदेशका मुख्य नाकाहरु (कपुरकोटमा कपुरकोट, चौकुनेमा कुइने र भेरीगंगामा बबई) नाका भएका कारण यी तीन स्थानीय तहमा संक्रमणको जोखिम बढी हुन्छ ।

तर जोखिममा रहेकै स्थानीय तहमा भने खोपको पहुँच न्यून देखिएको छ । कुपरकोटका २० हजार चारसय २८ जना नागरिक मध्ये १४ हजार तीनसय ७८ जनालाई खोप लगाउन बाँकी छ । त्यहाँका ६ हजार ५० जनाले मात्रै कोरोनाको पहिलो मात्रा र तीन हजार एकसय ६६ जनाले खोपको दोस्रो मात्रा पाएका छन् । त्यस्तै भेरीगंगाका ४८ हजार आठसय ७० नागरिक मध्ये २८ हजार आठसय ७१ जनाले खोप पाएका छैनन् ।

भेरीगंगामा १९ हजार नौसय ९९ जनाले पहिलो र १३ हजार ४८ जनाले मात्रै खोपको दुबै मात्रा लगाएका छन् । चौकुनेमा पनि २९ हजार एकसय ६९ जना नागरिकमध्ये १९ हजार ६ सय ३९ जनाले खोप पाएका छन् । चौकुनेमा हालसम्म नौहजार पाँचसय ३० जनाले पहिलो र ६ हजार चारसय ४९ जनाले खोपको दुबै मात्रा पाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जोखिमपूर्ण क्षेत्रमै खोप न्यून कर्णालीका ५५ प्रतिशत नागरिकले अझैं पाएनन् कोरोनाविरुद्धको खोप कोरोनाको नयाँ भेरियन्टको त्रास सुर्खेत, १९ मंसिर ।

युस नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् । शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् ।

जम्मा ७५४ मत खसेकोमा कांग्रेसको कर्णाली सभापतिमा ललितजंग बाँकी ४ पेजमा संक्रमण उच्च भए नेपालीहरु गाउँ फर्कने भएका कारण कर्णाली संक्रमण आइपुग्न धेरै समय लाग्दैन। यहीकारण संक्रमणबाट बच्न कर्णालीमा उच्च सतर्कता अपरिहार्य छ । तर ओमिक्रोनको जोखिम बढिरहँदा कर्णाली प्रदेशमा भने कोरोनाविरुद्धको खोप अभियान भने निकै सुस्त देखिएको छ ।

कुन जिल्लामा कति नागरिक खोप लगाउन बाँकी ?

फेरि कोरोना संक्रमणको त्रास बढे पनि कर्णाली प्रदेशमा भने अझंै ६ लाख बढी नागरिक कोरोनाविरुद्धको खोप लगाउन बाँकी छन् ।

तथ्याङ्क अनुसार डोल्पाका १२ हजार एकसय १० जना, मुगुका २५ हजार ६ सय ६२ जना, हुम्लाका २९ हजार नौसय पाँच जना, जुम्लाका४९ हजार आठसय ५२ जना र सुर्खेतका एक लाख ४८ हजार पाँचसय दुई जना नागरिकले खोपको दुबै मात्रा लगाएका छन् । प्रदेशभर पाँच लाख ३८ हजार दुईसय ७० जनाले नागरिकले कोरोनाको पहिलो खोप मात्रै पाएका छन् ।

तीन लाख ७३ हजारले पाए पूर्ण खोप

कर्णाली प्रदेशमा आठ महिनाको अवधिमा तीन लाख ७३ हजार ६ सय १८ जनाले मात्र पूर्ण खोप (खोपको दुबै मात्रा) लगाएका छन । जसमध्ये डोल्पाका दश हजार पाँचसय ४८ जना, मुगुका ११ हजार आठसय १८ जना, हुम्लाका सात हजार सातसय २३ जना, जुम्लाका २३ हजार आठसय ८२ जना र कालीकोटका ३१ हजार ७९ जनाले खोपको दुबै मात्रा लगाएका छन् ।

त्यस्तै दैलेखका ३६ हजार ६ सय ८३ जना, जाजरकोटका १७ हजार ८९ जना, रुकुमपश्चिमका ३६ हजार चारसय ४३ जना, सल्यानका६१ हजार सातसय ६ जना नागरिक खोप लगाउन बाँकी रहेका हुन् ।

त्यस्तै दैलेखमा एकलाख ३२ हजार सातसय ३३ जना, जाजरकोटका एक लाख सात हजार ६ आठसय ९७ जना, रुकुमपश्चिमका ६७ हजार आठसय ८८ जना, सल्यानका ९३ हजार एकसय १५ जना र सुर्खेतका ८५ हजार ६ सय ३३ जनाले पनि खोप लगाउन पाएका छैनन् । प्रदेशभर हालसम्म कुल ६ लाख ६५ हजार १८ जना नागरिकले खोपको कुनै पनि मात्रा पाएका छैनन्

तपाईको प्रतिक्रिया