बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका हुने भन्दै यस्तो बताएका हुन् ।

‘बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन । सर्वसाधारणको पैसा सस्तोमा किन्ने र महँगोमा बेचेर नाफा खाने काम मात्र बैंकहरुको होइन । बैंकहरुसँग निकै ठूलो जिम्मेवारी पनि हुन्छ, त्यो बैंकहरुले महशुस गर्नुपर्छ ।

अर्थमन्त्री शर्माले भने, ‘सर्वसाधारणको पैसा लिएपछि त्यसको सुरक्षा गर्नु र मुनाफा दिनु पनि बैंकको दायित्व हो । मुख्यतः मुलुकको अर्थतन्त्र सन्तुलनमा राख्न बैंकहरुको अहम भूमिका रहन्छ । यसलाई बैंकहरुले भुल्न हुँदैन ।’

सोही अवसरमा मन्त्री शर्माले लगानी योग्य रकम ९तरलता० कहाँ जाँदैछ र केमा प्रयोग हुँदैछ भन्ने कुरामा पनि बैंकहरुले हेक्का राख्नुपर्ने बताए ।

अहिलेको तरलता अभावको अवस्थामा अनावश्यक क्षेत्रमा पैसा जानबाट रोक्दै बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने समेत उनले बताए ।

यस्तै अहिलेको समयमा विदेशी मुद्रा विप्रेषण ९रेमिट्यान्स० आयात घटिरहेको र आयात बढिरहेको अवस्थामा त्यसलाई समेत ख्याल गर्दै विदेशी मुद्रा सञ्चितिमा केन्द्रित हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया