‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ 

कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्को कार्यक्रम बनाउने घोषणा गरेको हो ।

करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।

घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्को कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका छन् ।

धोकाको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धोका नदिएको र बरु मिलेन जान अग्रह गरेको बताए । अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको बिषयमा समेत राईले आफुलाई आधिकारी जानकारी नभएको बताए ।

तपाईको प्रतिक्रिया