बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

काठमाडौं । बेलायतले आगामी केही हप्तादेखि गरिब देशहरूलाई अनुदानमा खोप दिन सुरु गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जी–सेभेन सम्मेलनको पूर्व सन्ध्यामा यस्तो जानकारी दिएका हुन् ।

१० करोड डोजभन्दा बढी खोप आगामी वर्ष गरिब देशहरूलाई उपलब्ध गराउने बेलायतले घोषणा गरिसकेको छ। बेलायतले पहिलो ५० लाख डोज खोप आगामी सेप्टेम्बरको अन्त्यसम्ममा वितरण गर्ने र अरु २ करोड ५० लाख डोज यसै सन् २०२१ को अन्त्यसम्म वितरण गर्ने तयारी गरेको छ ।

जोन्सनले बेलायतको खोप कार्यक्रम सफल भएको भन्दै अब बाँकी रहेको खोप अत्यावश्यक रहेका देशलाई अनुदानमा दिनसक्ने अवस्था रहेको बताएका हुन्। साथै उनले आज सुरु हुने जी–सेभेनको बैठकमा अन्य सहकर्मी नेताहरुले पनि यस्तो घोषणा गर्ने आफ्नो अपेक्षा रहेको बताएका छन् ।

समृद्ध देशहरुको संगठन जी–सेभेनले गरिब देशहरूका लागि झण्डै १ अर्ब डोज खोपको घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ। खोप घोषणा गर्ने सबैजसो देशले कोभ्याक्स कार्यक्रमअन्तर्गत नै रहेर खोप वितरण गर्नेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्न र मध्ये आयस्तर भएका ९२ देश र अफ्रिकन युनियनभित्रका देशलाई अमेरिकाले ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

कुलोबारे विवाद हुँदा दाङमा गोली चल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds