आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ। भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ।

दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो।

भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ।

चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो। बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ।

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

कोभिडले थलिएका दर्शकलाई मल्हम लगाउँदै युरोकप

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds