प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूको निरन्तर इजलास बहिष्कारका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि इजलास तोकेका छन् ।


आफूसहितको पूर्ण र एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४३ वटा मुद्दाको पेसी तोकेका हुन ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन् । यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिँदै आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

आज वकिलले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर आन्दोलन थालेका छन्। न्यायाधीश र वकिलको आन्दोलनले सर्वोच्च अदालतबाट हुने न्याय निरूपण भने प्रभावित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया