‘तिम्ले माया मारी गयौ’ मा उषा र कमलको प्रेम पीडा

अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको संगीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा धोकाको कथा बुनिएको छ ।

उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने, विपना सुवेदीको अभिनय भिडियोमा छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको विकल्प क्रियशनले आफ्नो युट्युवबाट सार्वजनिक गरेको हो ।

भिडियोको कथा सस्पेन्समा छोडिएको छ । यो गीतको छिट्टै नितिन गजुरेलको स्वरमा मेल भर्सन आउने र उक्त भिडियोको सस्पेन्स सो गीतको भिडियोले खोल्ने निर्देशक कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया