सोनिकासँग क्रिकेटर विनोदले गरे इन्गेजमेन्ट

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनीका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् ।

विकेटकिपर ब्याट्सम्यान भण्डारीले पत्रकार समेत रहेकी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका हुन्। सोनिका ग्यालेक्सी टेलिभिजनमा कार्यरत छिन ।

भण्डारी र सोनिका लामो समयबाट प्रेम सम्बन्धमा रहेका थिए । ओमान भ्रमणबाट फर्किएलगत्तै विनोदले सोनीकासँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरुको विवाह भने दशैँमा हुने भएको छ ।

नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका थिए ।

तपाईको प्रतिक्रिया