सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने

धरानमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज १० गते देखि १२ गते सम्म हुने आयोजकले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित उपविजेताले पचपन्न हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने राईले बताए ।

प्रतियोगितामा धरान, इटहरी , काठमाडौँ, पोखरा, चितवन, मोरङ, झापा, धनकुटा, लगायत वाट करिब ३० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको पेट्रोल पम्पदेखि भेडेटार सम्मको ट्रेनिङहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त घुम्ती तथा चोकहरु गरी ५० स्थानमा ट्राफिक मिरर ( कन्भेक्स मिरर ) लगाइने र धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी गराए ।

तपाईको प्रतिक्रिया